काठमाडौं । मुख्यसचिव डा.वैकुण्ठ अर्याल निलम्बनमा परेपछि प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लीलादेव गड्ताैलाले निमित्त मुख्य सचिव सम्हाल्ने भएकी छिन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य सचिव डा.वैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै स्वतः निलम्बनमा परेपछि गडतौलाले निमित्त मुख्य सचिव सम्हाल्ने भएकी हुन् । बहालवाला मुख्यसचिवविरुद्ध मुद्दा दायर भएको इतिहासकै यो पहिलो घटना हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार मुख्यसचिव अर्याल स्वतः निलम्बित …
पुरा पढ्नुहॊस »छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे जवाफ दिन सरकारलाई अध्यक्ष दाहालको रुलिङ
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । उनले अछामको पञ्चदेवल नगरपालिका २ मा एक छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गृहमन्त्रालयलाई रुलिङ गरेका हुन् । आइतबारको राष्ट्रिय सभा बैठकमा सांसदहरूले सो विषयमा उठाएका प्रश्नको जवाफ दिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रुलिङ गरे । आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सधैँजसो …
पुरा पढ्नुहॊस »अन्तःशुल्क स्टिकर खरिदमा ३८ करोड भ्रष्टाचार : मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध मुद्दा दर्ता गरेको छ । अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा अर्यालको संलग्नता देखिएको भन्दै उनीविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अर्याल सञ्चार मन्त्रालयका सचिव रहँदा भएको उक्त घोटाला प्रकरणमा उनको समेत संलग्नता देखिएको हो । अख्तियारले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद प्रक्रियामा ३८ करोड भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको …
पुरा पढ्नुहॊस »गृहमन्त्रीलाई कांग्रेसको प्रश्न-लोकेसन पत्ता लाग्यो भनेर जीबी राईलाई भगाउन खोजेको हो ?
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले जीबी राईलाई पक्राउ गर्नुभन्दा ‘स्टन्टबाजी’ बढी भएको बताएका छन् । आज (आइतबार) प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले गृहमन्त्री रवि लामिछानेले व्यावसायिक साझेदार राईको ‘लोकेसन’ पत्ता लाग्यो भनेर राजपत्रमा प्रकाशित गर्न बाहेक बाँकी के छ र भन्दै मिडियामा बिस्कुन लगाइएको आरोप लगाए । ‘लोकसेन पत्ता लाग्यो भनेर माइकबाट फुक्नु भनेको अभियुक्त पत्ता लगाउने नयाँ शैली हो कि केटाकेटीपन हो वा …
पुरा पढ्नुहॊस »संसद्का कर्मचारीको माग सम्बोधन गर्न कानुनमन्त्रीको नेतृत्वमा बन्यो समिति
काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आन्दोलनरत कर्मचारीको मागबारे सहजीकरण गर्ने निर्णय गरेको छ । सचिवालयका कर्मचारीको मागबारे सहजीकरण गर्ने कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनीको संयोजकत्वमा समिति गठन गरिएको हो । संसद् सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष बैठकले कर्मचारीको मागबारे सहजीकरण गर्ने निर्णय गरेको हो …
पुरा पढ्नुहॊस »एसइईका लागि छुट्टै क्यालेन्डर तयार, यस वर्षको एसइई कहिले ?
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि छुट्टै क्यालेन्डर तयार पारेको छ । एसइई परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनका लागि छुट्टै शैक्षिक तालिका तयार गरिएको हो । नयाँ तालिका अनुसार यस वर्षको एसइई आगामी चैत ७ गतेदेखि सञ्चालन हुनेछ । यसअघि एसइई सञ्चालन हुनुभन्दा एक वा दुई महिनाअघि मात्रै तालिका सार्वजनिक हुने गरेको थियो । सार्वजनिक कार्यतालिका अनुसार परीक्षाको नतिजा २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने भएको छ । बोर्डका …
पुरा पढ्नुहॊस »प्रतिनिधिसभाकाे बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरिएको छ। बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। बजेट पास गर्ने दिन संसदमा सबै सांसदलाई अनिवार्य उपस्थित हुन् कांग्रेसले ह्विप जारी गरेको छ। गत शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले सबै सांसदलाई अनिवार्य उपस्थित हुन भनेको हो। त्यस अघि आजै विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित …
पुरा पढ्नुहॊस »एक्कासि बाढी आउँदा माछा मारिरहेका शिक्षकको मृत्यु, ६ जना घाइते
काठमाडौं । भारी वर्षाका कारण जाजरकोटको कुशे गाउँपालिका-१, तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेको उद्धार भएको छ । शनिबार राति खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका-९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिइन् । मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक थिए । बाढीमा परी कुशे-४ तम्तीका राजेन्द्रबहादुर शाही, …
पुरा पढ्नुहॊस »चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र …
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आज सोचेको आँटेको काममा फाइदा मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »