काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफू पार्टीमा नरहको बताएका छन् । महाधिवेशनमा समेत उपस्थित नरहेका आलेले आफू पार्टीमा सक्रिय नरहेको जानकरी दिएका हुन् । असार १६ गतेदेखि शुरु भएको महाधिवेशन बहिष्कार गरेको बताउदै आलेले अब त्यो पार्टीमा आफू नरहने जनाए । नेकपा एसको महाधिवेशन सकिनुअघि भारतका विभिन्न सहरको भ्रमण सकेर काठमाडौं फर्किएका छन् । उनी नेकपा एस भने नफर्किने बताउँछन् । उनले भने, ‘मैले संसदीय दलको बैठकमा …
पुरा पढ्नुहॊस »महाधिवेशन सकिए लगत्तै बालुवाटार पुगे माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् । महाधिवेशनमा केन्द्रीय कमिटी घोषणा लगत्तै नेपाल प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् । कांग्रेससँगको सहमतिपछि एमालेले सरकार छाडेसँग प्रचण्ड सरकार अल्पमतमा परेको छ । संसद्का दुई ठूला दलले राजीनामा गर्न दिएको सुझाव अस्वीकार गर्दै प्रधानमन्त्रीले संसदमै फेस गर्ने बताएका छन् । यसका लागि असार २८ मा विश्वासको मत लिने व्यवस्थाका लागि संसद सचिवालयमा समेत …
पुरा पढ्नुहॊस »प्रधानमन्त्री प्रचण्डले असार २८ गते पाँचौं पटक विश्वासको मत लिने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते पाँचौं पटक विश्वासको मत लिने भएका छन् । माओवादी प्रमुख सचेतक हितराज पाण्डेका अनुसार विश्वासको मतका लागि असार २८ गतेको दिन तोकेर संसदलाई प्रधानमन्त्री दाहालले पत्र पठाएका छन् । असार १७ गते कांग्रेस र एमाले मिलेर नयाँ सत्ता गठबन्धन बनेसँगै दाहाललाई पद छाड्न दबाब दिँदै आएका छन् । एमालेले शुक्रबार नै प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ताको पत्र दर्ता गराएको छ …
पुरा पढ्नुहॊस »सुन गाल्ने मेसिन र ५० लाख नगदसहित ललितपुरबाट पाँच भारतीय पक्राउ
काठमाडौं । ललितपुर प्रहरीले भारतीय नागरिकको फ्ल्याटमा छापा मारेर सुन, सुन गाल्ने मेसिन र नगद ५० लाखसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको महाराष्ट्र आडवारी थाना घर भइ ललितपुरको ताल्छिखेल बस्दै आएका २८ वर्षीय युवराज विभुते, सोही ठाउँका भारतीय नागरिक २० वर्षीय विक्रम यलवर, १८ वर्षीय भारतीय नागरिक अभिषेख विभुते, भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बिरुवाका २० वर्षीय सिद्धान्त चौलागाईं र ललितपुरको महालक्ष्मी नगरपालिका–८ का २० वर्षीय यसवन्त सुनार …
पुरा पढ्नुहॊस »२५ दिनमै विपद्जन्य घटनाबाट ४७ जनाको मृत्यु
काठमाडौं । मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट हालसम्म ४७ जनाको ज्यान गएको सरकारले बताएको छ । शुक्रवारको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले यस्तो बताएका हुन् । मन्त्री अर्यालले नयाँ वर्षदेखि यता हालसम्म ५५ वटा बाढीको घटनाबाट ४ जनाको मृत्यु, १ जना बेपत्ता र दुई जना घाइते भएका बताए । उनले पहिरोबाट २४ …
पुरा पढ्नुहॊस »गणतन्त्रपछि सबैभन्दा बढी सत्ताको स्वाद लिएको माओवादी ९ वर्षपछि प्रतिपक्षको बाटोमा
काठमाडौं । नेकपा माओवादी केन्द्र करिब ९ वर्षपछि प्रतिपक्षमा पुग्ने लगभग निश्चित छ । सोमबार मध्यरातमा कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनेसँगै माओवादी प्रमुख प्रतिपक्षी दल बन्ने अवस्थामा पुगेको हो । अब राजनीतिक रुपमा अप्रत्याशित परिवर्तन नभएमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख प्रतिपक्षी दलको बेन्चमा हुनेछन् । गणतन्त्रपछि सबैभन्दा बढी सत्ताको स्वाद लिएको माओवादी प्रत्येक निर्वाचनमा ओरालो यात्रामा छ । ०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा माओवादीले …
पुरा पढ्नुहॊस »धानको न्यूनतम मूल्य तोकियो
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मोटा धान र मध्यम धानको न्यूनतम समर्थन मूल्य तोकेको हो । सरकारले मोटा धान प्रतिक्विन्टल ३४१०.५१ र मध्यम धानको रु ३५८०.६२ रुपैयाँ तोकेको छ । बैठकले नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानविन गरि आवश्यक व्यवस्थापन गर्न उच्च अदालतका पूर्व न्यायाधीश शेखर …
पुरा पढ्नुहॊस »देशका धेरै ठाउँमा रातिदेखि नै भारी वर्षा, ३० जिल्लामा ‘रेडअलर्ट’
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । देशका धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको …
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आज मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »अल्पमतमा परेको सरकारलाई दीर्घकालीन असर पर्ने काम नगर्न एमालेको आग्रह
काडमाडाैं । नेकपा (एमाले) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संघीय सरकार अल्पमतमा परेको बताएको छ । महासचिव शंकर पोखरेलले बिहीबार दिउँसो एक विज्ञप्ति जारी गरी एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा परिसकेको बताएका हुन् । ‘पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा समेत दिइसक्नु भएको अवस्थामा सरकार स्पष्टतः अल्पमतमा परेको अवस्था छ,’ महासचिव पोखरेलले भनेका छन्, ‘संसदका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत …
पुरा पढ्नुहॊस »