समाचार

क्याम्पस प्रमुख हत्याको विरोधमा देशभरका सामुदायिक क्याम्पस बन्द

काठमाडौं । बारामा क्याम्पस प्रमुखको हत्या भएको विरोधमा आज देशभरका सामुदायिक क्याम्पसहरू बन्द भएका छन् । शुक्रबार साँझ बाराको रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या भएको विरोधमा नेपाल पब्लिक क्याम्पस संघले शनिबार विज्ञप्ति जारी गर्दै हत्यारा पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन माग गर्दै देशभरका सामुदायिक क्याम्पस बन्द गर्ने घोषणा गरेको थियो । संघको आह्वानमा आइतबार सामुदायिक क्याम्पसहरूले पठनपाठन ठप्प पारेका हुन् । संघले विज्ञप्तिमार्फत दोषीलाई यथाशीघ्र कानुनी …

पुरा पढ्नुहॊस »

महिला सेलमा कार्यरत जवान करिश्मा मृत फेला

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिराहामा प्रहरी जवान मृत भेटिएकी छन् । महिला सेलमा कार्यरत जवान करिश्मा सुनार शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । झुण्डिएको अवस्थामा शौचालयमा भेटिएको सुनारको शव पोस्टमार्टमका आफन्त आएपछि मात्रै हुने सिराहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए । प्रजिअ दाहालका अनुसार आफन्त आइनपुगेकाले शौचालयको ढोका समेत खोलिएको छैन । आफन्त आइपुग्न लागेको जानकारी पाएको बताउँदै त्यसपछि मात्रै अन्य प्रक्रिया अगाडी बढ्ने उनले बताए …

पुरा पढ्नुहॊस »

अब पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला

काठमाडौं । पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन् । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएकोले चारवटै ढोका खोलिएको हो । सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनले भने, ‘यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८:३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिने गरिएकामा आजदेखि …

पुरा पढ्नुहॊस »

सोमबार सार्वजनिक बिदा

Bida/सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’ !

काठमाडौं । सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद(उल–अजहा) परेकाले सार्वजनिक बिदा दिइएको हो । गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले एक सुचना जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सोमबार दिने निर्णय भएको जानकारी दिएका छन् ।

पुरा पढ्नुहॊस »

नाला खन्ने क्रममा पुरिएर तीन महिलाको मृत्युपछि कावासोती तनावग्रस्त

काठमाडौं । नाला खन्ने क्रममा पुरिएर तीन महिला मजदुरको ज्यान गएको घटनालाई लिएर अहिले नवलपुर सदरमुकाम कावासोती तनावग्रस्त बनेको छ । मृतकका आफन्त र स्थानीयले नगर प्रमुख विष्णुप्रसाद भुसालविरुद्ध नारावाजी गर्दै नगरपालिका र निजी निवासमा तोडफोड गरेका छन् । उनीहरुले नगरपालिकाको लापरवाहीले पुरिएर तीन महिलाको ज्यान गएको भन्दै नगर प्रमुख भुसालको राजीनामा माग्दै ढुङ्गामुढा र तोडफोड गरेका हुन् । नगरपालिका नजिकै जिल्ला प्रहरी कार्यालय रहे पनि घटनास्थलमा प्रहरी आउन ढिला …

पुरा पढ्नुहॊस »

ईन्फिनिक्स जीटी २० प्रोः पब्जी मोबाइल सुपर लिगको आधिकारिक फोन, ग्लोबल गेमिङमा नयाँ उचाइ

काठमाडौं । युवा उपभोक्ताहरूका लागि तयार पारिएको ईन्फिनिक्सले हालै विश्वव्यापी रूपमा इन्फिनिक्स जीटी २० प्रो लन्च गरेको छ र नेपालमा पनि चाँडै लन्च गर्दैछ। यो इन्फिनिक्सको डुअल चिप्ससहितको पहिलो फ्ल्यागशिप एस्पोर्ट्स–स्तरको फोन हो । दक्षिण एशिया क्षेत्रहरूमा प्रतिष्ठित पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) को लागि आधिकारिक गेमिङ फोनको रूपमा, ईन्फिनिक्सले मोबाइल गेमरहरूलाई अतुलनीय गेमिङ अनुभवहरूका लागि आवश्यक उपकरणहरू प्रदान गर्दैछ । लाइभ प्रतियोगिता मे २२ देखि जुन १५ सम्म काठमाडौं, …

पुरा पढ्नुहॊस »

बससँग ठोक्किएको कारका चालकको मृत्यु

काठमाडाैं – पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ । पुरानो मेडीकल कलेज भरतपुरमा उपचारको क्रममा कार चालक कस्कीकाे पोखरा महानगरपालिकाका ३५ वर्षीय समिर ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट काठमाडौँतर्फ आइइरहेको भे १ ख ४०६० नम्बरको यात्रुबाहक बस आज बिहान त्रिशूली नदी किनारमा खसेको थियो । काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको …

पुरा पढ्नुहॊस »

फिस्लिङ दुर्घटनाका घाइतेको पहिचान खुल्यो (नामसहित)

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक दुईवटा सवारी एकापसमा ठोक्किएर दुर्घटना भएको छ । नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको भे१ख ४०६० नम्बरको यात्री बस र काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२-०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किएका हुन् । दुर्घटनामा परी घाइते भएकाहरूको पहिचान खुलेको छ । घाइते १३ जनामध्ये ३ जनाको अवस्था गम्भीर, ६ जना मध्यम छ भने ४ जना डिस्चार्ज भएका छन् । घाईतेहरु (कारमा सवार) कास्कीको पोखरा …

पुरा पढ्नुहॊस »

नेपालले जति रन हान्छ, राप्रपाको युवा सङ्गठनले त्यति रुख रोप्ने

काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले नेपालले जारी टी २० विश्वकपको दौरानमा नेपालको राष्ट्रिय टोलीले हान्ने प्रत्येक एक रन बराबर एक रुख रोप्ने भएको छ । वातावरण संरक्षण राप्रपा युवा सङ्गठनको प्रमुख मुद्दा रहेको युवा सङ्गठनका प्रचार संयोजक कल्याण विक्रम आचार्यले जानकारी गराए । टी २० विश्वकप अन्तर्गत नेपालले शनिबार बिहान दक्षिण अफ्रिकाको सामना गर्दैछ ।  

पुरा पढ्नुहॊस »

बाँकेका टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, स्थानीयले गरे राजमार्ग अवरुद्ध

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारीमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । गाउँपालिका-९ स्थित ढकेरीमा गएराति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा युवाको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् । टिपरको ठक्करबाट राप्तीसोनारी ९ स्थित ढकेरीमा मोटरसाइकल चलाइरहेका राप्तीसोनारी गाउँपालिका-८ का अन्दाजी ३५ वषीय लोकेन्द्र विष्टलाई ठक्कर दिँदा विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनका अनुसार गएराति …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds