समाचार

अख्तियारकी आयुक्त अमात्यको घरमा चल्यो डोजर

फाइल फोटो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको डोजर चलाइएको छ । ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा मिचेको भन्दै उनको घरको पर्खाल भत्काएको हो । घर रहेको जग्गा १५ आना ३ पैसा रहेको र यो अमात्य दम्पतीले २०७८ असोज १ गते किनेको अभिलेखबाट देखिएको छ । तर स्थानीय बासिन्दाले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिनुका साथै अतिक्रमण हटाउन माग गर्दै आएका थिए । गुठीयार, आयुक्तको परिवार …

पुरा पढ्नुहॊस »

कांग्रेसले थप्यो नेविसंघसहित १० भातृ संस्थाहरूको म्याद

काठमाडौं । नेपाली कांग्रेसले १० वटा भ्रातृ संस्थाको म्याद थप गरेको छ । बुधबार बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिले नेविसंघलगायत १० भ्रातृ संस्थाको म्याद थप गर्ने निर्णय अनुमोदन गरेको हो । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा महाधिवेशन सम्पन्न नगरेका नेपाली कांग्रेसका भ्रातृ संघहरूको महाधिवेशन सम्पन्न गर्न/गराउन फरक भ्रातृ संघका लागि अधिकार सम्पन्न फरक-फरक निर्देशक समिति गठन गर्नेस नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला …

पुरा पढ्नुहॊस »

कांग्रेस कार्यसम्पादन समितिले गर्‍यो एमालेसँगको सहमतिको स्वागत

काठमाडौं । नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक नयाँ सरकारका विषयमा नेकपा एमालेसँग भएको सहमतिको स्वागत गरेको छ । भर्खरै सम्पन्न बैठकले एमालेसँग सत्ता सहकार्यको समझदारी अनुमोदन गरेको हो । सुशासन, स्थायित्व, आर्थिक समृद्धिका लागि एमालेसँग सहकार्य गर्ने समझदारी बनेको र त्यसैलाई अनुमोदन गरिएको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले बताए । ‘सरकारको नेतृत्व सुरूमा एमाले अध्यक्ष ओली र चुनाव गराउने गरी सभापति देउवा प्रधानमन्त्री बन्ने समझदारी बनेको छ,’ उनले भने, ‘राष्ट्रिय …

पुरा पढ्नुहॊस »

रास्वपा महामन्त्री मुकुल ढकालको मुखमा कालो टेप, बोल्न पाउने अधिकार हनन

काठमाडौं । बैठकमा महामन्त्री डा. मुकुल ढकालले फरक ढंगले प्रस्तुत भएका छन् । बैठकको प्रत्यक्ष प्रसारण नगरिएको भन्दै उनले मुखमा कालो टेप टाँसेर विरोध गरेका हुन् । ‘बैठक लाइभ नगर्ने निर्णय गरिएकाले आफ्नो लोकतान्त्रिक अधिकार, बोल्न पाउने अधिकार हनन् भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थिति जनाइराखेको छु,’ उनले भने ।

पुरा पढ्नुहॊस »

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सुनुवाई आज पनि

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथिको सुनुवाइ बुधबार पनि हुँदैछ। सर्वोच्च अदालतले मंगलबार सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखेको थियो। न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। यसअघि न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यो विवादमा सुनुवाइका लागि आवश्यक कास्की र नवलपुरबाट सहकारी ठगीसम्बन्धी फाइल झिकाउन आदेश दिएको थियो। सहकारीको रकम अपचलनमा संलग्न रहेको देखिएको उल्लेख गर्दै अधिवक्ता …

पुरा पढ्नुहॊस »

आजसम्म राजीनामा दिन प्रचण्डलाई एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले आजसम्म राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ। हिजोे बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीचमा भएको सहमति अनुसार संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न बुधबारसम्म मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आह्वान गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जनाकारी दिए। तर एमालेले आफ्ना तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई भने फिर्ता बोलाउने निर्णय गरेको छैन। यसैगरी, एमालेले संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई राष्ट्रिय …

पुरा पढ्नुहॊस »

कांग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक, एमालेसँगको सहमति अनुमोदन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बिहान ९ बजे बस्नेछ ।   बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीसँगै सदस्यहरूलाई पनि बोलाइएको छ । बैठक एमालेसँग नयाँ सरकार गठनका लागि भएको सहमतिका विषयमा केन्द्रित हुने कांग्रेस नेताहरूले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिए कसरी अगाडि बढ्ने, राष्ट्रिय सहमतिको सरकारका लागि कसरी पहल गर्नेलगायत विषयमा बैठकमा छलफल हुनेछ ।  

पुरा पढ्नुहॊस »

पोखरा महानगरमा अख्तियारको छापा, कागजात नियन्त्रणमा

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको टोलीले आज महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको छ । अख्तियारमा मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै उजुरी परेको थियो । सोही उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले कार्यालयमा छापा हानेको हो । अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णयसहितका कागजात नियन्त्रणमा लिएको बताइएको छ ।

पुरा पढ्नुहॊस »

प्रचण्डलाई देउवाको जवाफ- अहिलेलाई सरी एमालेसँग मिलिसक्यौं

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्कालका लागि सहकार्य गर्न नसकिने जवाफ फर्काएका छन् । प्रचण्डसँगको टेलिफोन संवादमा देउवाले यस्तो जवाफ दिएका हुन् । देउवाको भनाई उद्धृत गर्दै एक नेताले भने,‘एमालेसँग मिलेर सरकार बनाउने सम्झौता गरिसक्यौं । प्रचण्डजी अहिलेलाई सरी ।’ एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएपछि त्यसबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकमा प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा नदिने …

पुरा पढ्नुहॊस »

गणतन्त्रका मियो गिरिजाप्रसाद कोइराला (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी र विमर्श सभा गरेको छ । पाँच पटकसम्म प्रधानमन्त्री बनेका कोइराला कांग्रेसका पूर्वसभापति हुन् । २०४६ को जनआन्दोलनका कमान्डर गणेशमान सिंह थिए भने ०६२–६३ सालको जनआन्दोलनका महानायक गिरिजाप्रसाद कोइराला भए । यी दुवै आन्दोलनमा कांग्रेस र कम्युनिस्ट सँगै थिए । ०४८ सालपछि राजनीतिक छवि सफा नभएको भनी जनमानसमा आलोचित गिरिजाप्रसाद ०६३ सालपछि एकाएक सबैका स्वीकार्य …

पुरा पढ्नुहॊस »