आर्थिक

लक्ष्मी बैंकको साधारणसभा २८ गते हुने

काठमाडौं । लक्ष्मी बैंकले मंसिर २८ गते १७ औं वार्षिक साधारणसभा बोलाएको छ ।सभाले चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव सभामा पेश हुने भएको छ । पुँजी बढाउन बैंक तथा वित्तीय संस्थासंग मर्जरमा जाने तथा प्राप्ति गर्नका लागि अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश हुदैछ । साे सभाले सञ्चालको बैठक भक्ता पनि बढाउने प्रस्ताव लैजाने बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

सानिमा बैंकको एक्सटेन्सन काउन्टर भक्तपुर जिल्ला

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो पहिलो एक्सटेन्सन काउन्टर भक्तपुर जिल्ला प्रशासन कार्यालयमा खोलेको छ । यस काउन्टरबाट भक्तपुर जिल्ला प्रशासन कार्यालयको राजस्व संकलन गर्ने छ । उक्त काउन्टरको  उद्घाटन  भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकृत द्रोणा पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले संयुक्त रुपमा  गरेका छन् ।

पुरा पढ्नुहॊस »

हिमालयन बैंकले कुलेश्वर स्कुललाई सहयोग

काठमाडौं ।  हिमालयन बैंकले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं–१४ कुलेश्वरस्थित कुलेश्वर आवास मा.वि. लाई १ थान ल्यापटप तथा २० थान कम्प्युटर प्रदान गरेको छ । बैंकले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा हासिल गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त कम्प्युटरहरु प्रदान गरेको हो । उक्त समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर ज.ब.रा. ले उक्त कम्प्युटरहरु विद्यालयका प्रधानाध्यापक मेघराज दुलाललाई हस्तान्तरण गरेका छन् ।

पुरा पढ्नुहॊस »

नेपाल लाइफ इन्स्योरेन्सको उपशाखा झापाको चन्द्रगढीमा

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले झापा जिल्लाको चन्द्रगढीमा उपशाखा संचालनमा ल्याएको छ । उक्त उपशाखाको उद्घाटन बीमा समितिका कार्यकारी निर्देशक श्रीमान कार्कीले गरेका छन् । उक्त  कार्यक्रममा कार्यकारी प्रमुख अधिकृत विवेक झाले कम्पनीले बजार विस्तार रणनीति अन्तर्गत चालु आर्थिक वर्षमा थप शाखा तथा उपशाखा कार्यालय विस्तारमा जोड दिने बताएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी जीवन बीमा क्षेत्रको अग्रणी कम्पनी भएकोले बीमितको सर्वोपरी हित र त्यसका मापदण्डबारी बीमितलाई जागरुक बनाउन कम्पनीले प्रयास गरिरहेको …

पुरा पढ्नुहॊस »

गण्डकी विकास बैंकको नयाँ शाखा विरगञ्जमा

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले पर्सा जिल्लाको विरगञ्जमा नयाँ शाखा  संचालनमा ल्याएको छ ।उक्त शाखाको उद्घाटन  विरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले गरेका छन् । उक्त अवसरमा नेपाल राष्ट्र वैकका निर्देशक एवं विरगंज शाखा प्रमुख रविन्द्र महर्जनले पनि शुभकामना मन्तव्य दिए । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर वज्राचार्यले बैंकको वित्तीय अवस्था, बैंकले प्रदान गर्ने सेवा सुविधाको साथै विविध गतिविधिको बारेमा जानकारी गराए ।  बैंकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा …

पुरा पढ्नुहॊस »

सानिमा बैंक र एक्सिस बैंकबिच रेमिट्यान्स सम्झौता

काठमाडाैं ।  सानिमा बैंक लिमिटेड र एक्सिस बैंक बिच भारत—नेपाल रेमिटयान्स सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत सरोज गुरागाई र एक्सिस बैंकको तर्फबाट वित्तिय संस्था समुहका प्रमुख अशोक गौतमले हस्ताक्षर गरेका  छन् । सम्झौताअनुसार, सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत भारतबाट पठाएको रकम सानिमा बैंकको ४७ शाखा लगायत नेपालभरि ७००० भन्दा बढि आधिकारिक प्रतिनिधिमार्फत भुक्तानी लिन सकिनेछ भने भारतबाट नेपाल पैसा पठाउदा नेपालमा भएको …

पुरा पढ्नुहॊस »

नेपाल लाइफ इन्स्योरेन्सको नाफा २०० प्रतिशतले बढ्यो

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा गत वर्षको पहिलो ३ महिनाको भन्दा २०० प्रतिशतले नाफा बढाएको छ। कम्पनीले पहिलो  ३ महिना सम्म १७ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्ष कम्पनीको नाफा पाँच करोड ८९ लाख रुपैयाँ थियो। कम्पनीको पहिलो ३  महिनामा कुल बीमा शुल्क आर्जन ३ अर्ब ८० करोड रुपैयाँ छ । यो रकम गत वर्ष २ अर्ब ७० करोड रुपैयाँ थियो। कम्पनीको …

पुरा पढ्नुहॊस »

विद्युत् महशूल अब आईएमई पे (IME Pay)मार्फत तिर्न सकिने

काठमाडौं । बिद्युत् महशूल वापतको रकम अबदेखि आर्ईएमई पे (IME Pay) बाट भुक्तानी गर्न सकिने भएको छ । देश विदेशमा रहने सबै ग्राहकले  यस्तो सेवामार्फत बिद्युत् महशूल भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको आईएमईले जनाएको छ । यसले आम सबै सेवाग्राहीहरूलाई बिल भुक्तानीका लागि लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्त गरेको छ भने सेवाग्राहीहरूको समय पनि बचत गर्नेछ । नेपाल बिद्युत प्राधिकरणले अहिले उपत्यकाभित्रका सबै शाखाहरुको महशूल संकलन अनलाइन पद्धतिबाट गर्न सुरु गरिसकेको छ । प्राधिकरणका कर्मचारीहरुले मिटर …

पुरा पढ्नुहॊस »

मेगा बैंकमा आकर्षक जागिर खुल्यो ,प्रबन्धकसहित ११३ कर्मचारीको माग

काठमाडौं । मेगा बैंकले ११३ जना कर्मचारी माग गरेको छ । बैंकले शाखा प्रबन्धक सहित ११३ जना कर्मचारीको माग सहित सुचना जारी गरेको हो । बैंकका अनुसार शाखा प्रबन्धक हुन कम्तिमा स्नातकोत्तर गरी १ वर्षको प्रबन्धक तह वा ११ वर्षको वाणिज्य बैंकमा ३ वर्ष काम गरेको हुनुपर्नेछ । त्यस्तै बैंकले २९ जना अधिकृत तहका कर्मचारी र ६६ जना सहायक अधिकृत माग गरेको छ । यसका लागि क्रमश वाणिज्य बैंकमा पाँच …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको नयाँ शाखा प्युठानको जुम्रीमा

काठमाडौं ।  एनआईसी एशिया बैंक लिमिटेडले प्युठान नगरपालिका  –४, जुम्रीमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन प्युठान उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञ्यामुराम न्यौपानेले  गरेका छन्  ।

पुरा पढ्नुहॊस »