आर्थिक

देवः विकास बैंकको चितवनको माडीमा शाखा

देवः विकास बैंक लिमिटेडले दक्षिण चितवनको माडी नगरपालिका वडा नं। ३, वसन्तपुरमा शाखा कार्यालय खोलेको छ । शाखा कार्यालयको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले देशको श्रमशक्तिलाई स्वदेशमै उपयोग गर्न रोजगारका अवसरहरु सिर्जना गर्नुपर्ने र उद्यमशीलताको विकासका लागि बैंकले यस क्षेत्रमा शाखा विस्तार गरी राम्रो काम गरेको औल्याएका छन् । साथै , उनले निर्यातमुखी व्यवसायमा जोड दिंदै बैंकिङ सेवालाई गाउँ गाउँमा पुर्याउन सके मात्र समग्र देशको आर्थिक …

पुरा पढ्नुहॊस »

एनसेलले ‘सबैलाई हरेक दिन लगातार उपहार

काठमाडौं – एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब हरेक दिन आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।एनसेलले आफ्ना ग्राहकका लागि ‘सबैलाई उपहार हरेक दिन लगातार’ योजना ल्याएको छ । एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२४ह्यास डायल गरी निर्देशनअनुसार अथवा अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२४ मा एसएमएस पठाई यो योजनामा निःशुल्क सहभागी हुन सक्ने एनसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । योजनामा ग्राहकले डाटा भोल्युम,  बोनस टक टाइम, बोनस एसएमएस लगायत मध्येबाट कुनै एक उपहार …

पुरा पढ्नुहॊस »

अनमोलका आटा, मैदा, सूजी भाटभटेनी र बिग मार्टमा पनि

काठमाडौं ।शंकर ग्रुप अन्र्तगतको माँ दुर्गा फुड्सले उत्पादन गर्ने अनमोल ब्राण्डका आँटा, मैदा, सूजी  डिपार्टमेन्ट स्टोर भाटभटेनी र बिग मार्टमा उपलब्ध हुन थालेका छन् ।उपभोक्ताको सहजताका लागि भाटभटेनी तथा बिगमार्टमा उपलब्ध गराएको छ ।आधुनिक नयाँ प्याकेजिङमा आएका यी खाद्य उत्पादनहरु आटा  (५ केजी), मैदा (२ केजी), सुजी (१ केजी) र दलिया (१ केजी) नेपालभरिका अधिकांश पसलहरुमा समेत उपलब्ध छ ।

पुरा पढ्नुहॊस »

हिमालय ऊर्जा विकास कम्पनीले २४ करोड ७५ लाखको साधारण सेयर जारी गर्ने

हिमालय ऊर्जा विकास कम्पनीले २४ करोड ७५ लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले साधारण सेयर निष्कासनका लागि नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।हिमालय ऊर्जा विकास कम्पनीले निर्माण उपल्लो खिम्ती १२ मेगावाट र अप्पर खिम्ती–२ , ७ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । एक साथ निर्माणाधीन दुवै आयोजनाको ४० प्रतिशत काम पूरा भइसकेको छ । आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई ९ करोड ९० लाख …

पुरा पढ्नुहॊस »

फेवा र गण्डकी विकास बैंकको एकिकृत कारोबार असार २१ देखि

काठमाडौं । फेवा विकास बैंक र गण्डकी विकास बैंकले मर्जरपछि असार २१ गतेदेखि एकिकृत कारोबार सुरु गर्दैछन् । यी दुई विकास बैंकले असार २१ गतेदेखि गण्डकी विकास बैंकको नामले राष्ट्रियस्तरको विकास बैंकका रुपमा कारोबार सुरु गर्न लागेका हुन्। मर्जर पछि बैंकको कुल चुक्ता पुँजी १ अर्व ८४ करोड ३९ लाख रुपैयाँ पुगेको छ । बैंकको कुल शाखा संख्या ५० र एटिएम संख्या २० पुग्ने छ ।

पुरा पढ्नुहॊस »

एनसेलद्वारा एसईई परीक्षार्थीलाई छात्रवृत्ति प्रदान

एनसेल प्राइभेट लिमिटेलले आफ्नो ‘पहिलो सिम’ योजना अन्तर्गत २०७३ सालको माध्यामिक शिक्षा परीक्षा -एसईई मा सहभागी भएका ४८ परीक्षार्थीलाई माध्यामिक शिक्षाबाट उच्च शिक्षा अध्ययन शुरु गर्नु अगाडि गरिने बि्रज कोर्स अध्ययनका लागि आंशिक छात्रवृत्ति प्रदान गरेको छ । एनसेल उत्कृष्ट विद्यार्थीहरु गरी हाल सम्म ४८ जना विद्यार्थीलाई आंशिक छात्रवृत्ति स्वरुप प्रत्येकलाई रु ५,००० प्रदान गरेको छ ।असार १६ सम्म रहने यो योजना अन्तर्गत, २०७३ सालका एसईई परीक्षार्थीले मात्र रु १ …

पुरा पढ्नुहॊस »

सेयर कारोबार बन्द

काठमाडौं । आन्तरिक राजश्व विभागले विगत चार बर्षदेखिको सेयर कारोबारको भ्याट तिर्न पत्र काट्दा ब्रोकर कम्पनीहरुले सेयर कारोबार अाज बन्द गरेका छन् । विभागले बुधबार ब्रोकर कम्पनीहरुलाई पत्र काटेर विगत चार बर्षदेखिको सेयर कारोबारको भ्याट तिर्न भनेको थियो । राजश्व विभागले भ्याट, ब्याज, जरिवाना र हर्जनासहितको रकम बुझाउन भनेपछि ब्रोकरहरुले बिहिबार सेयर कारोबार बन्द गरेका हुन् ।

पुरा पढ्नुहॊस »

हिमालयन बैककाे मैतीदेवी मन्दिरमा सिसिटिभी जडान

हिमालयन बैक लिमिटेडले ऐतिहासिक एवं धार्मिक संपदाहरुको सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले काठमाडौं महानगरपालिका वडा नं. ३० अवस्थित मैतीदेवी मन्दिर परिसरको विभिन्न स्थानमा ८ थान उच्च क्षमता युक्त सि.सि टी.भी क्यामेरा जडान गराई सो सम्बधि रेकर्डिङ्ग उपकरण आज एक समारोहका वीच हस्तान्तरण गरेको छ । उक्त रेकर्डिङ्ग उपकरणले उच्च क्षमतामा १८ दिन सम्मको चौबिसै घण्टाको गतिविधिलाई सुरक्षित राख्न सक्दछ । यस अवसरमा बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले सि. सि. टी. भी. …

पुरा पढ्नुहॊस »