काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले झापा जिल्लाको चन्द्रगढीमा उपशाखा संचालनमा ल्याएको छ । उक्त उपशाखाको उद्घाटन बीमा समितिका कार्यकारी निर्देशक श्रीमान कार्कीले गरेका छन् ।
उक्त कार्यक्रममा कार्यकारी प्रमुख अधिकृत विवेक झाले कम्पनीले बजार विस्तार रणनीति अन्तर्गत चालु आर्थिक वर्षमा थप शाखा तथा उपशाखा कार्यालय विस्तारमा जोड दिने बताएका छन् ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी जीवन बीमा क्षेत्रको अग्रणी कम्पनी भएकोले बीमितको सर्वोपरी हित र त्यसका मापदण्डबारी बीमितलाई जागरुक बनाउन कम्पनीले प्रयास गरिरहेको उनले बताए ।
प्रतिकृया दिनुहॊस