काठमाडौं । हिमालयन बैंकले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं–१४ कुलेश्वरस्थित कुलेश्वर आवास मा.वि. लाई १ थान ल्यापटप तथा २० थान कम्प्युटर प्रदान गरेको छ ।
बैंकले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा हासिल गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त कम्प्युटरहरु प्रदान गरेको हो ।
उक्त समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर ज.ब.रा. ले उक्त कम्प्युटरहरु विद्यालयका प्रधानाध्यापक मेघराज दुलाललाई हस्तान्तरण गरेका छन् ।
तपाईंको प्रतिकृया




