काठमाडौं । मेगा बैंकले ११३ जना कर्मचारी माग गरेको छ । बैंकले शाखा प्रबन्धक सहित ११३ जना कर्मचारीको माग सहित सुचना जारी गरेको हो ।
बैंकका अनुसार शाखा प्रबन्धक हुन कम्तिमा स्नातकोत्तर गरी १ वर्षको प्रबन्धक तह वा ११ वर्षको वाणिज्य बैंकमा ३ वर्ष काम गरेको हुनुपर्नेछ ।
त्यस्तै बैंकले २९ जना अधिकृत तहका कर्मचारी र ६६ जना सहायक अधिकृत माग गरेको छ । यसका लागि क्रमश वाणिज्य बैंकमा पाँच वर्ष र तीन वर्ष काम गरेको हुनुपर्नेछ ।
बैंकले १६ नयाँ ठाँउका नयाँ शाखाका लागि पनि कर्मचारी माग गरेको छ । जसका लागि २२ जना कर्मचारीको माग गरेको छ ।
त्यस्तै गरी नयाँ शाखाका लागि १७ जना प्रशिक्षार्थी कर्मचारीको माग गरेको छ । यसका लागि स्नातक गरेको हुनुपर्ने बैंकले जानकारी दिएको छ । बैंकले मंसिर १४ गतेसम्म बैंकमा आवेदन दिन सकिने जनाएको छ ।
प्रतिकृया दिनुहॊस