नेपाल लाइफ इन्स्योरेन्सको नाफा २०० प्रतिशतले बढ्यो

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा गत वर्षको पहिलो ३ महिनाको भन्दा २०० प्रतिशतले नाफा बढाएको छ।
कम्पनीले पहिलो  ३ महिना सम्म १७ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्ष कम्पनीको नाफा पाँच करोड ८९ लाख रुपैयाँ थियो।

कम्पनीको पहिलो ३  महिनामा कुल बीमा शुल्क आर्जन ३ अर्ब ८० करोड रुपैयाँ छ । यो रकम गत वर्ष २ अर्ब ७० करोड रुपैयाँ थियो।

कम्पनीको चुक्ता पूँजी तीन  अर्ब नौ करोड रुपैयाँ छ भने जगेडा कोषमा चार अर्ब ८६ करोड रुपैयाँ जम्मा भएको छ। कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल अवसरको खानी हो, लगानी गर्नुस् : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै …

प्रतिकृया दिनुहॊस