काठमाडौं । जनता बैंकले सेयरधनीलाई १४.४० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट १ अर्ब ७० लाख ९१ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको हो ।
पुरा पढ्नुहॊस »ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैकिङ्ग सेवा बैतडी र बझाङ्मा
काठमाडौं । ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैकिङ्ग सेवा बैतडी र बझाङ्मामा विस्तार गरेको छ ।बैतडी जिल्लाको पाटन नगरपालिका १० ठाटामा सुरु गरिएको सेवाको लागि स्थानिय अर्जुन बहादुर कुवँरलाई र बझाङ्ग जिल्लाको बित्थडचौर गाउँपालिका १, बित्थडमा सुरु गरिएको सेवाको स्थानिय नर बहादुर बोहरालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त …
पुरा पढ्नुहॊस »आउदो शनिबार र आइतबार सार्वजनिक विदा भएता पनि बैक खुल्ने
काठमाडौं । आउदो शनिबार र आइतबार सार्वजनिक विदा भएता पनि बैक खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले निर्वाचन हुने ४५ जिल्लामा मंसिर १६ गते शनिबार र आइतबार बैंक खोल्न बिहीबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचनका क्रममा खटिने कर्मचारीलाई तलव भत्ता वितरण गर्नुपर्ने लगायतको अबस्थालाई ध्यानमा राखि बैंक तथा वित्तीय संस्थालाई कारोबार सुचारु गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिइएको हो ।
पुरा पढ्नुहॊस »रुकुमकोटमा नेपाल बैंकको बैंकिङ सेवा सुरु
काठमाडौं । नेपाल बैंक लिमिटेडले रुकुम जिल्लाको रुकुमकोटमा बैंकिङ सेवा सुरु गरेको छ । उक्त शाखाको उद्घाटन शुभारम्भ रुकुमका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटा र जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्र वहादुर वलीले संयुक्त रुपमा गरेका छन् ।
पुरा पढ्नुहॊस »सिटिजन्स बैंकबाट अष्ट्रेलियन डलरको कारोबार गर्न सकिने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अब अष्ट्रेलियन डलरको कारोबार गर्ने भएको छ ।बैंकले अष्ट्रेलियाको स्टेट बैंक अफ इन्डिया, सिड्निमा आफ्नो अष्ट्रेलियन डलर (AUD) खाता खोली अष्ट्रेलियन डलरको कारोबार सरल रुपमा सुचारु गरेको जानकारी दिएको छ । यस बाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विधार्थीहरुलाई सुविधा पुग्ने छ । साथै, अष्ट्रेलिया स्थित नेपालीहरुलाई पनि विश्वसनिय र सरल ढङ्गले बैङ्किग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।
पुरा पढ्नुहॊस »ग्लोबल आइएमई बैंकको शाखारहित बैकिङ्ग सेवा नवदुर्गा गाउँपालिकामा
काठमाडौं । ग्लोबल आइएमई बैंकले सोमबार डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका, २, बडममा आफ्नो ५० औ शाखारहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।
पुरा पढ्नुहॊस »ग्लोबल आइएमई बैंकको थप ३ शाखारहित बैकिङ्ग सेवा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले थप ३ शाखारहित बैकिङ्ग सेवा छुटा छुटै ठाँउमा संचालनमा ल्याएको छ । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका, ९ ब्रहमदेव तथा कञ्चनपुर जिल्ला कै कृष्णपुर नगरपालिका, २, बाणाी र डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका, ७ सादनीमा आफ्नो ४७, ४८ र ४९ औ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा …
पुरा पढ्नुहॊस »सिटी एक्सप्रेसले सुरु गर्यो भाइबर सेवा
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमै पहिलो पटक भाइबर सेवा सुरु गरेको छ । उक्त भाइवर सेवा मार्फत ग्राहकहरुले सहज रुपमा आफ्नो मोवाइल ल्यापटप, ट्यावलेट , कम्यूटर लगायतबाट रेमिटान्स सेवाको सम्पुर्ण जानकारी लिन सक्नेछन् ।यो सेवा सिटी एक्सप्रेस मनी ट्रान्सफरका ग्राहकरुले मात्र नभएर जोसुकैले पनि उपयोग गर्न सक्नेछन् । ग्राहकरुले सिटी एक्सप्रेसको भाइबर सेवामार्फत आफुले पठाएको कारोबारको सम्पुर्ण जानकारी, विनिमय दर, एजेन्टको विवरण ग्राहक सेवा तथा अन्य सम्बन्धित जानकारी …
पुरा पढ्नुहॊस »सानिमा बैंक र सहारा नेपालबिच रेमिटयान्स भुक्तानी सम्झौता
काठमाडौं । सानिमा बैंक लिमिटेड र सहारा नेपाल बिच रेमिटयान्स सेवा सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत नेपालभरि तथा विदेशबाट पठाएको रकम सहारा नेपालको ६० शाखा कार्यालयहरु र नेपालभरि रहेका ७ हजार भन्दा बढी भुक्तानी संजाल मार्फत भुक्तानी लिन सकिनेछ । सम्झौतापत्रमा सानिमा बैंकको तर्फबाट बैंकका प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र सहारा नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरीले हस्ताक्षर …
पुरा पढ्नुहॊस »लक्ष्मी बैंकको साधारणसभा २८ गते हुने
काठमाडौं । लक्ष्मी बैंकले मंसिर २८ गते १७ औं वार्षिक साधारणसभा बोलाएको छ ।सभाले चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव सभामा पेश हुने भएको छ । पुँजी बढाउन बैंक तथा वित्तीय संस्थासंग मर्जरमा जाने तथा प्राप्ति गर्नका लागि अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश हुदैछ । साे सभाले सञ्चालको बैठक भक्ता पनि बढाउने प्रस्ताव लैजाने बैंकले जनाएको छ ।
पुरा पढ्नुहॊस »