काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले पर्सा जिल्लाको विरगञ्जमा नयाँ शाखा संचालनमा ल्याएको छ ।उक्त शाखाको उद्घाटन विरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले गरेका छन् । उक्त अवसरमा नेपाल राष्ट्र वैकका निर्देशक एवं विरगंज शाखा प्रमुख रविन्द्र महर्जनले पनि शुभकामना मन्तव्य दिए ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर वज्राचार्यले बैंकको वित्तीय अवस्था, बैंकले प्रदान गर्ने सेवा सुविधाको साथै विविध गतिविधिको बारेमा जानकारी गराए ।
बैंकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी दोहोरिएका शाखा मर्ज पश्चात ५३ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना,सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, आस्वा, आईपिएस, एटिएम, मोबाइल बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिटेन्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ ।




