काठमाडौं ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ मुद्दती बचत खाताको योजना “स्ट्रक्चर्ड फिक्स डिपोजिट” सञ्चालनमा ल्याएको छ ।मुद्दती खाताको लागि सञ्चालनमा ल्याएको यो योजनामा न्यूनतम मौज्दात १ लाख रुपैयाँ रहेको छ ।
८ महिनादेखि १८ महिनासम्मको समयावधि रहेको यस योजनामा ९.५ प्रतिशत बार्षिक ब्याजदर रहेको छ भने बैंकले त्रैमासिक रुपमा ब्याज उपलब्ध गराउने छ । साथै यस योजनाबाट सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहॊस