आर्थिक

ग्लोबल आइएमई नवनिर्मित कर्पोरेट/रजिष्र्टड कार्यालयको समुद्घाटन

काठमाडौं । ग्लोबल आइएमई बैंकको ११औँ वाषिर्कोत्सवको अवसरमा बैंकको नवनिर्मित कर्पोरेट/रजिष्टर्ड कार्यालयकोे नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले मंगलबार उद्घाटन गरे । सन् २००७ मा वीरगञ्जमा रजिष्टर्ड कार्यालय राखि स्थापना भएको ग्लोबल आइएमई बैंकले स्थापनाको ११ वर्ष मा नै आफ्नौ कर्पोरेट/रजिष्टर्ड कार्यालय स्थापना गर्न सफल भएको हो । कर्पोरेट/रजिष्टर्ड कार्यालय समुद्घाटन समारोहमा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा. नेपालले स्थापनाको छोटो समयमा नै आफनै लगानीमा कर्पोरेट/रजिष्टर्ड कार्यालय खोल्न सफल …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको २ अर्ब ३५ करोडको हकप्रद माघ ७ गतेदेखि निष्कासन हुने

काठमाडौं । प्रभु बैंकको हकप्रद सेयर आउदो माघ ७ गतेदेखि  हुने निष्कासन भएको छ । बैंकले चुक्तापुँजी बढाउन ४० प्रतिशत अर्थात २ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बराबरको २ करोड ३५ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्कासन फागुन १३ गते बन्द हुने बैंकले जनाएको छ । सेयर निष्कासनपछि बैंकको चुक्तापुँजी ८ अर्ब २३ करोड ४९ लाख रुपैयाँ पुग्ने छ।हाल बैंकको पुँजी ५ …

पुरा पढ्नुहॊस »

आइएमई ग्रुपका अध्यक्षको बाग्लुङ महोत्सव सम्बोधन

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघकाउपाध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङ महोत्सव–२०७४ लाई गएको शुक्रबार बागलुङमा सम्बोधन गरेका थिए । ‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्घन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदेश नम्बर ४ स्तरीय कृषि, पर्यटन, औधोगिक व्यापार मेला तथा बाग्लुङ महोत्सवलाई आइएमई ग्रुपले सह–प्रायोजन समेत थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले बाग्लुङमा धेरै पहिलादेखि नै रेमिटेन्स भित्रिंदै आएको र त्यहि रेमिटेन्सले …

पुरा पढ्नुहॊस »

स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले बैंकको सेयर मूल्य समायोजन गरेर प्रतिकित्ता ९५० रुपैयाँ कायम गरेको हो ।

पुरा पढ्नुहॊस »

मेगा बैंकको १८ लाख ४० हजार कित्ता हकप्रद सेयर लिलामी हुदै

काठमाडौं । मेगा बैंकले बिक्री नभएको १८ लाख ४० हजार कित्ता हकप्रद सेयर लिलामी गर्ने भएको जनाएको छ ।बैंकले चुक्तापुँजी बढाउन ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेकोमा बाँडफाँड भएपछि बिक्री नभएको हकप्रद लिलामी गर्न लागेको हो । रितिपुर्वक आवेदन दिने १ लाख ४८ हजार ८७४ आवेदकलाई २ करोड ७९ लाख ४४ हजार २९५ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको बैंकले जनाएको छ । हकप्रद बाँडफाँडपछि मेगाको चुक्ता पूँजी ७ अर्ब ५६ …

पुरा पढ्नुहॊस »

प्रभु लाइफद्वारा बैदेशिक रोजगार (म्यादी) जीवन बीमाको शुरुवात

काठमाडौं। प्रभु लाइफ इन्स्योरन्स लिमिटेडले विदेश जाने कामदारहरुका लागि बैदेशिक रोजगार (म्यादी) जीवन बीमा योजनाको शुभारम्भ गरेको छ । बाफल स्थित यस कार्यालयको बैदेशिक रोजगार जीवन बीमा शाखाबाट बीमा गर्न सकिने छ । बिहीबार एक समारोहबीच प्रभु लाइफ इन्स्योरन्सका अध्यक्ष रामबहादुर पाण्डेले जीवन विमाको शुभारम्भ गरेका हुन् । । त्यस अवसरमा अध्यक्ष पाण्डेले प्रभु लाइफ इन्स्योरन्सले बैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि कम्पनी सदा तप्पर भै सेवा दिने जानकारी दिए । …

पुरा पढ्नुहॊस »

कोकाकोलाले ल्यायो फुच्चे प्याक,मूल्य ४० रुपैंया

काठमाडौं । देशको नेतृत्वदायी पेयपदार्थ उत्पादक कम्पनी कोका–कोला नेपालले आफ्ना उत्पादनहरु कोकाकोला, फ्यान्टा र स्प्राइटलाई सानो पेट बोतल (प्लाष्टिक बोतल)मा नेपाली बजारमा ल्याएको छ । नयाँ बोतल आगमन संगै कोका कोलाको पेट बोतल श्रेणीहरु थप भएका छन् र यसले उपभोक्ताहरुलाई थप विकल्प प्रदान गरेको छ । ग्राहकको बढ्दो मागलाई मध्येनजर र ध्यानमा राख्दै कम्पनीले ३०० एमएलको पेट बोतलमा आफ्ना उत्पादन बजारमा ल्याएको हो, जसको मूल्य रु ४० रुपैंया  तोकिएको छ । यो …

पुरा पढ्नुहॊस »

प्राइम बैंकको नयाँ शाखा मैनापोखरीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिकास्थित मैनापोखरीमा नयाँ शाखा  सञ्चालनमा ल्याएको छ ।  यस शाखासँगै बैंकको शाखा कार्यालय संख्या ५३ पुगेको छ । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहका बीच बैंकका संचालक दिनेश श्रेष्ठले शाखा कार्यालय बैतेश्वरको उद्घाटन गरेका  छन।    

पुरा पढ्नुहॊस »

प्रभु बैंकको नयाँ शाखा काठमाडौंको मनमैजुमा

काठमाडौं । प्रभु बैंकले काठमाडौँको तारकेश्वर नगरपालिकास्थित मनमैजुमा नयाँ शाखा  स्थापना गरी सञ्चालनमा ल्याएको छ । तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले मंगलबार आयोजित एक समारोहका बीच उक्त शाखाको उद्घाटन गरेका  छन। प्रभु बैंक लि. र साविक ग्राण्ड बैंक नेपाल लि. विचको मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरुमध्ये खिचापोखरीस्थित प्रभु बैंक लि. को शाखा कार्यालयलाई मनमैजुमा स्थानान्तरण गरिएको हो । मर्जरका क्रममा शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको नयाँ शाखा सर्लाहीको बरहथवामा

काठमाडौं । कृषि विकास बैंकले सर्लाही जिल्ला बरहथवा नगरपालिकामा नयाँ शाखा विस्तार गरेको छ ।   आधुनिक प्रविधि जडित पूर्ण वाणिज्य बैकिङ्ग शाखाको औपचारिक उद्घाटन आईतबार बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले गरेका छन् । बैंकको क्षेत्रीय कार्यालय जनकपुरका निर्देशक प्रमोदबाबु तिवारीको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा नगरपालिकाका मेयर देवानन्द महत्तो ,उद्योगपति राजेश प्रसाद कुश्वाह, निरञ्जन दासले बैंक सफलतको शुभकामना व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला बैंकले प्रदान गर्ने आधुनिक …

पुरा पढ्नुहॊस »