ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा लसुनेमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिका ७, लसुनेमा आफ्नो ५६ औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

ग्लोबल आइएमई बैंक लि. का प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र लालिगुराँस नगरपालिकाका मेयर अर्जुन बाबु माबुहाङ्गले संयुक्त रुपमा व्यवसायिक प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गरि उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गरे । उक्त शाखारहित बैंकिङ सेवाको लागि स्थानीय अर्जुन श्रेष्ठलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले उक्त स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । उक्त शाखारहित बैंकिङ सेवा उद्घाटन समारोहमा स्थानिय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सोमबार घट्यो सुनको मूल्य, तोलाको कति छ ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस