टेलिकमले ल्यायो,न्युन मूल्यमा आकर्षक डाटा र एसएमएस प्याक

काठमाडौं । नेपाल टेलिकमले जाडो मौसमलाई लक्षित गरी करिब डेढ महिनाका लागि विभिन्न प्रकारको आक्रषकप्याकसहित ‘विन्टर अफर’ ल्याएको छ । अफर पुस ७ गतदेखि माघ २१ गतेसम्म कायम रहनेछ ।

टेलिकमका जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा विन्टर अल टाइम डाटा प्याक प्रयोग गर्न सकिने छ ।

विन्टर अल टाइम डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा र एक दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

त्यसैगरी ६० रुपैयाँमा १४ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १५० एमबी डाटा र ३ दिनसम्म उपभोग गर्न पाउने गरी १५० एमबी डाटा स्टि्रमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

१२० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५०० एमबी डाटा र ५ दिनसम्म उपभोग गर्न पाउने गरी ५०० एमबी स्टि्रमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

यो प्याक लिनका लागि WIN25MB, WIN150MB वा WIN500MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्नेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

‘एलओडी’ बन्यो विश्वको ५०औँ उत्कृष्ट क्लब

काठमाडौं । ठमेलस्थित एलओडी नाइट क्लब विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औँ स्थानमा परेको छ । …

प्रतिकृया दिनुहॊस