काठमाडाै । अनलाइन पोर्टल स्मार्टडोले सान्टाज् डोको अफर २०१७ अगाडि सारेको छ । इसाइहरुको महान् चाड क्रिस्मस तथा नव वर्ष २०१८ को अबसरमा अनलाइन पोर्टल स्मार्ट डोकोले सान्टाज् डोको अफर अगाडि सारेको हाे । यस अफर अन्तर्गत इलेक्ट्रोनिक्स सामानहरु, घडीहरु, होम अप्लाइन्सहरु, बच्चाका समान तथा अन्य थुप्रै सामानहरुमा विशेष छुटको व्यवस्था मिलाइएको छ । यो सान्टाज् डोको अफर अन्तर्गत ५ प्रतिशतदेखि ७० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको छ । यो भारी छुट यही २० डिसेम्बरदेखि ३ जनवरी २०१८ सम्म लागू गरिएको वतार्इएकाे छ । स्मार्ट डोकोले छिट्टै लबीम मल तथा सिभिल मलहरुका ग्राहकहरुलाई सान्टज् डोको अफर अन्तर्गत गिफ्ट जित्ने अवसर प्रदान गर्दैछ ।
यस याेजनाअन्तर्गत विभिन्न ब्राण्डका जस्तै याडिडास, रिबक, सलाना निट, लेभिस, पेपे जिन्स, गोल्डस्टार, बजाज, सिजि, फिलिप्स, पानासोनिक, भ्यालेन्टिनो रुडि लगायत थुप्रै ब्राण्डका सामानहरु विशेष छुटका साथ उपलब्ध रहेका छन् । स्मार्टडोकोमा १८ भन्दा धेरै उत्पादन समुह (प्रोडक्ट क्याटगोरी) रहेको छन् भने त्यस अन्तर्गत अन्य उपसमुह पनि रहेका छन् । यहाँ ग्राहकले सहजैरुपमा मोबाइल फोन, विद्युतीय सामान, फेसन आइटम, बच्चाका सामान, घरपालुवा जनावरहरुलाई आवश्यक पर्ने सामान, खाद्य एवं पेय पदार्थ लगायत अन्य थुप्रै सामानहरु पाउने कम्पनीले वताएकाे छ ।
हालै स्मार्टडोकोमा एक क्लिकका भरमा किनिएको सामान सहजै रुपमा ग्राहकको घरको ढोकासम्म आइपुग्छ । काठमाडौं लगायत, पोखरा, धरान, इटहरी, नारायणगढ, विराटनगर तथा विरगन्ज लगायत प्रमुख शहरहरु निःशुल्क डेलिभरीको व्यवस्था कम्पनीले मिलाएको छ । त्यसैले यो योजना अन्तर्गत ग्राहकहरुले विशेष डिस्काउन्टमा विभिन्न सामानहरु खरिद गर्न सक्नेछन्। त्यसैले २०१८ जनवरी ३ तारिख अगाडि आफूलाई चाहिएको सामान भारी डिस्काउन्टमा खरिद गर्न कम्नीले अाग्रह गरेकाे छ ।
स्मार्ट डोको एप्स एनड्रोइड तथा आइफोनका लागि उपलब्ध रहेको छ । एप्स डाउनलोड गर्न smartdoko.com वा गगुल प्ले वा आइस्टोरमा भिजिट गर्न कम्पनीले अाग्रह गरेकाे छ ।




