ग्लोबल आइएमई बैंकको शाखारहित बैकिङ्ग सेवा सर्लाहीको चौलिखामा

काठमाडौं । ग्लोबल आइएमई बैंकले मङ्गलबारदेखि सर्लाही जिल्लाको चौलिखामा ७८औँ शाखारहित बैकिङ्ग सेवा शुरु गरेको छ । उक्त शाखारहित बैकिङ्ग सेवाकोे ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार देवकोटाले एक समारोहका बीच उद्घाटन गरेका छन् ।

उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय विजयकुमार शाह कानुलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यो क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी बैंकले उक्त स्थानमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो ।

बैंकले हालसम्म १२० वटा शाखा, १२८ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७८ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दे आइरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

उखुको समर्थन मूल्य प्रतिक्विन्टल २० रुपैयाँले बढ्यो

काठमाडौं । सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बैठकले …

प्रतिकृया दिनुहॊस