काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई थप सुविधा दिने उद्देश्यले नेपाल मेडिसिटी हस्पिटलबीच व्यापारिक साझेदारीका विषयमा सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुस र नेपाल मेडिसिटी हस्पिटलका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार बैंकका प्राथमिकता प्राप्त ग्राहकहरुलाई विशेष ‘मेडिसिटी प्राइभी प्रोग्राम’ को निशुल्क सदस्यता उपलब्ध गराइनेछ । सदस्यता प्राप्त गर्नेले मेडिसिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवाहरुमा …
पुरा पढ्नुहॊस »५ सयको नक्कली नोटसहित ५ जना पक्राउ
काठमाडौं । ५ सयको नक्कली नोटसहित ५ जना पक्राउ परेका छन् ।काठमाडौं प्रहरी परिसरले काठमाडौंको विभिन्न स्थानबाट २१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी–४ घर भइ हाल ताल्सीखेलमा एमएस वर्कसप सञ्चालन गरी रहेका ३० वर्षीय मनोज केसी, ललितपुर–१४, ताल्सीखेलका २३ वर्षीय आशिष माझी, नेमा तामाङ, धनुषा घर भइ ललितपुरको नख्खिपोट बस्दै आएका २५ वर्षीय धिरजबहादुर श्रीनेत ठकुरी, भोजपुरको खावा–९ घर भइ हाल …
पुरा पढ्नुहॊस »रेन वाटर हार्भेस्टेङ प्रणाली टिचिङ हस्पिटलमा लागू
काठमाडौं । बर्षातमा परेको पानी जम्मा गर्ने प्रणाली (रेन वाटर हार्भेस्टेङ) र जमिन मुनिको पानी रिचार्ज गर्ने प्रविधि (ग्राउन्ड वाटर रिचार्ज) कार्यक्रम स्मार्ट पानी प्रालिले बोर्टलस नेपालको सहयोगमा यो योजनालाई त्रिभुबन युनिर्भसिटि टिचिङ हस्पिटलमा हस्तान्तरण गरेको छ ।उक्त हस्तान्तरण कार्यक्रम फागुन १४ गते त्रिभुबन युनिर्भसिटि टिचिङ हस्पिटलमा भएको हो । सामाजिक अभियान मार्फत समाजमा सकारात्मक प्रभाव पार्न प्रतिवद्ध कोका(कोला कम्पनीले जल दक्षता, जल संरक्षण, जल प्रतिस्थापना र एकीकृत जल संसोधन …
पुरा पढ्नुहॊस »सेञ्चुरी बैंकको सी-आस्वा सेवा
काठमाडौं ।सेञ्चुरी बैंकले सि-आस्बा सेवा सुरुवात गरेको छ । बैंकले धितोपत्र बोर्डको निर्देशन अनुसार सि-आस्बा प्रणालीको सुरुवात गरेको हो । अब ग्राहकले कुनैपनि शाखाबाट सि-आस्बा रजिष्ट्रेसन नम्बर लिन सक्ने बैंकले जनाएको छ ।
पुरा पढ्नुहॊस »लक्ष्मी बैंकको सि–आस्बा सेवा
काठमाडौं । लक्ष्मी बैंकले सि-आस्बा सेवा सुरुवात गरेको छ । बैंकले धितोपत्र बोर्डको निर्देशन अनुसार सि-आस्बा प्रणालीको सुरुवात गरेको हो । बैंकले शुक्रबारबाटै सो सेवाको सुरुवात गरेको हो । अब ग्राहकले कुनैपनि शाखाबाट सि-आस्बा रजिष्ट्रेसन नम्बर लिन सक्ने बैंकले जनाएको छ ।
पुरा पढ्नुहॊस »एनसीसी बैंकको शाखा जोरपाटीको नारायणटारमा
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले जोरपाटीको नारायणटारमा शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले आफू पनि यसै क्षेत्रको बासिन्दा भएको र जनप्रतिनिधिहरुबाट समेत सहयोगको अपेक्षा सहित यस क्षेत्रमा स्थापित शाखाको पहिचान बनाउने कुरामा आफू विश्वस्त रहेको बताए ।
पुरा पढ्नुहॊस »प्रभु बैंकको हकप्रद बिक्री १० दिन थप
काठमाडौं । प्रभु बैंकको हकप्रद सेयर बिक्री १० दिनका लागि थप भएको छ । बैंकको सञ्चालक समितिले १० दिनका लागि हकप्रद बिक्रीको म्याद थप गर्ने निर्णय गरेको छ । हकप्रद बिक्री खुला फागुन २३ गतेसम्म हुने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । गत पुस २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिने पाउने छन् । बैंकले चुक्तापुँजी बढाउन ४० प्रतिशत अर्थात २ अर्ब …
पुरा पढ्नुहॊस »गुगल, फेसबुकसहित विश्वभरका १ हजार प्रतिनिधि काठमाडौमा, सुरु भयो एप्रिकट २०१८ राजधानीका पाँच तारे होटल भरिभराउ
काठमाडौं । विश्वभरबाट १ हजारभन्दा बढी प्रतिनिधि सहभागी एशिया प्यासिफिक इन्टरनेट समिट (एप्रिकट २०१८) नेपालमा सुरु भएको छ । एप्रिकोटको २२ बर्षे इतिहासमा सबैभन्दा बढी प्रतिनिधि सहभागी भएको यस समिटको संयोजन इन्टरनेट एक्स्चेन्ज नेपाल (एनपिआइएक्स)ले गरेको छ । सम्मेलनको आयोजना एशिया प्यासिफिक इन्टरनेट एसोसिएसन (एपिआइए) र एशिया प्यासिफिक नेटवर्क इन्फर्मेसन सेन्टर (एपिएनआइसी)ले संयुक्त रुपमा गरेका हुन् । सम्मेलनमा ६५ देशका इन्टरनेटको पृष्ठभूमीमा बसेर काम गर्ने प्रतिनिधिको सहभागीता रहेको एनपिआइएक्सका अध्यक्ष गौरवराज …
पुरा पढ्नुहॊस »ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा
काठमाडौं । ग्लोबल आइएमई बैंकले तनहूँ जिल्लाको भानु नरपालिका वडा नं. १०, कालीमाटीमा आफ्नो ७१ औँ र लम्जुङ्ग जिल्लाको मध्यनेपाल नगरपालिका वडा नंं. ३, सोतीपसलमा ७२ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । तनहूँ जिल्लाको कालीमाटीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन भानु नरपालिकाका मेयर उदय राज गौलीले गर्नुभयो र स्थानिय उपेन्द्र बाबु तिवारीलाई त्यस शाखारहित बैंकिङ्ग सेवाको व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । त्यसका साथै लम्जुङ्ग जिल्लाको सोतीपसलमा खोलिएको …
पुरा पढ्नुहॊस »सिटिजन लाइफ इन्स्योरेन्सकोशाखा विस्तार
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलेबुटवलमा क्षेत्रीय कार्यालय र भैरहवामा शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा कम्पनीका ब्रान्ड एम्बेस्डर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठबाट संयुक्त रुपमा शाखाहरुकोसमुद्घाटन भएको हो । उक्त शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । हाल कम्पनीले अधिराज्यभर ३४ शाखा कार्यालयहरु तथा ४ वटा वैदेशिक रोजगार जीवन बीमा …
पुरा पढ्नुहॊस »