माछापुछ्रे बैंक लिमिटेडको केन्द्रीय कार्यालय स्थानान्तरण

काठमाडौं ।माछापुछ्रे बैंक लिमिटेडको  विशेष साधारण सभाको निर्णय बमोजिम बैंकले आफ्नो रजिष्टर्ड (केन्द्रीय) कार्यालय गण्डकी अञ्चल, कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका (साविक पोखरा उपमहानगरपालिका) वडा नं. ९ बाट प्रदेश नं. ३, काठमाडौं जिल्ला, काठमाण्डौ महानगरपालिका, वडा नं. २, लाजिम्पाट स्थित एम.बी.एल. टावरमा यही मिति २०७४ साल फाल्गुण महिना २१ गते, सोमबारदेखि स्थानान्तरण गरेको छ ।

२०५४ सालमा पोखरामा संस्थापना भई संचालनमा रहेकोमा बैंकको केन्द्रीय कार्यालय पोखरा तथा कर्पोरेट कार्यालय काठमाडौंमा रहेको थियो ।

 बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

क्रिकेटको उमङ्गसँगै एनसेलले ल्यायो आकर्षक एनपीएल फ्यान प्याकहरु

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पार्वड बाई एनसेल सुरु हुँदैछ । एनपीएलका …

प्रतिकृया दिनुहॊस