रवि लामिछानेलाई पोखराबाट काठमाडौँ ल्याइयो

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइएको छ । उनलाई पोखराबाट बुद्ध एयरको विमानमार्फत काठमाडौँ ल्याइएको हो ।

सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएकाले काठमाडौँ ल्याइएको हो । स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि रविलाई काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौँ ल्याइएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चीन उड्दै गर्दा परराष्ट्रमन्त्री राणाले भनिन्- बीआरआईबारे बाहिर आए जस्तो एमाले-कांग्रेसबीच विवाद छैन

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन प्रस्थान गरेकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ …

प्रतिकृया दिनुहॊस