नेपाल बैंकर्स संघ तथा एनआईसी एसिया बैंकबीच द्वन्द्व

काठमाडौं । व्याजदरको विषयमा मतभेद भएका कारण नेपाल बैंकर्स संघ तथा एनआईसी एसिया बैंकबीच द्वन्द्व उत्पन्न भएको छ । यदि यसरीनै द्वन्द्व लम्बिदै गएमा यसले वित्तीय क्षेत्रलाई थप जोखिममा पार्ने देखिन्छ । व्याजदरमा खुला प्रतिस्पर्धा हुने वा समझदारीमा व्याज निर्धारण गर्ने भन्ने विषयमा नेपाल बैंकर्स संघ र एनआईसी एशिया बैंकबीच द्वन्द्वले अहिले चरम रुप लिएकाे छ । 

मुद्दति खातामा ११ प्रतिशत र बचत खातामा ८ प्रतिशत भन्दा बढी व्याज नदिने गरी एक साता अघि नेपाल बैंकर्स संघले निर्णय  थियाे । यस्ताे निर्णयलार्इ एनआईसी एशियाले पालना नगरेको भन्दै साे बैंकसँग अरु बैंकले अन्तरबैंक कारोबार नगर्ने निर्णयसमेत संघले गरेको छ । निक्षेपको व्याजदर उच्च हुँदा कर्जाको व्याजदर पनि उच्च हुने तथा उच्च व्याजदरमा लगानी गरिएको कर्जा डुब्ने संभावना बढी हुने बैंकरहरु वताउँछन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस