काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्ष २०८०–८१ को आर्थिक स्थितिको विश्लेषण र दायित्व मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन कम्पनीको सोमबार सम्पन्न बैठकले स्वीकृत गरेको थियो । यसका साथै बीमा प्राधिकरणबाट स्वीकृत उक्त प्रतिवेदनसँगै सूर्यज्योति लाइफले बीमाङ्कीय मूल्याङ्कन पारित गर्ने पहिलो जीवन बीमा कम्पनीको कीर्तिमान स्थापित गरेको छ ।
प्राधिकरणले जारी गरेको रिस्क बेष्ड क्यापिटल (आरबीसी) निर्देशिका पूर्णरूपमा पालना गर्दै आरबीसी भ्यालुएसन स्वीकृत गर्ने पहिलो जीवन बीमा कम्पनीको रुपमा पनि यसले इतिहास रच्न सफल भएको छ ।
कम्पनीले विभिन्न बीमालेख योजनाका लागि आकर्षक बोनस दर तोकेको छ ।
- सावधिक जीवन बीमा योजनामा: न्यूनतम ४० देखि ७५ रुपैयाँसम्म ।
- सावधिक तथा आजीवन बीमा योजनामा: ४० देखि ७५ रुपैयाँसम्म।
- अग्रिम भुक्तानी जीवन बीमामा: ४२ देखि ६० रुपैयाँसम्म ।
- चौरासी पूजाका जीवन बीमा योजनामा: ४५ देखि ९० रुपैयाँसम्म ।
सूर्यज्योति लाइफले जीवन बीमा क्षेत्रमा पहिलो ऐतिहासिक सफल मर्जर गरी छोटो समयमै उल्लेखनीय सफलता हात पारेको छ। कम्पनीले ३५ घातक रोगविरुद्ध ५० लाख रुपैयाँसम्म उपचार खर्च प्रदान गर्ने सेवा उपलब्ध गराएर आफूलाई अग्रणी जीवन बीमा कम्पनीको रुपमा उभ्याएको छ ।
आइएसओ ९००१–२०१५ प्रमाणपत्र प्राप्त गर्ने नेपालकै पहिलो जीवन बीमा कम्पनी बन्ने गौरव हासिल गरेको छ । यस कम्पनीको सेवामा भएको निरन्तर सुधार र नयाँ प्राविधिक तथा संरचनात्मक उपलब्धिले नेपाली जीवन बीमा बजारलाई थप व्यवस्थित र विश्वासिलो बनाउन मद्दत पुर्याइरहेको छ ।





