आर्थिक

पुल्चोकमा सिटिजन लाइफ इन्स्योरेन्सले खोल्यो शाखा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ललितपुरको पुल्चोकमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेले शाखाको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कम्पनीको अवस्था र भावी योजनाको बारेमा जानकारी गराए। शाखा कार्यालय सञ्चालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने छ । उक्त शाखा खोलेसँगै कम्पनीले मुलुकभर ३५ शाखा कार्यालय तथा ४ वैदेशिक रोजगार जीवन बीमा सेवा केन्द्र भएको जनाएको …

पुरा पढ्नुहॊस »

आइएमई डिजिटल र सिद्धार्थ बैंक बैंकबीच सम्झौता

काठमाडौं ।आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र सिद्धार्थ बैंकबीच ‘ आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र सिद्धार्थ बैंक लिमिटेडको तर्फबाट भुक्तानी विभाग प्रमुख सुरेश महर्जनले बुधवार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सिद्धार्थ  बैंक लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ  र बैंकले चाडै नै सेवाग्राहीहरूलाई …

पुरा पढ्नुहॊस »

सिटिजन्स म्युचअल फण्डको आइतबार बाँडफाँड, १७ हजार आवेदकले ८२ करोड पाए

काठमाडौं । सिटिजन्स बैंकले ल्याएको सिटिजन्स म्युचअल फण्ड १ को आइतबार बाँडफाँड भएको छ । १७ हजार आवेदकलाई ८२ करोड रुपैयाँको सिटिजन्स फण्ड बाँडफाँड भएको हो । प्रति एकाई १० रुपैयाँ दरको १ अर्ब रुपैयाँको १० करोड कित्ता फण्ड निष्कासन भएको थियो । निष्कासन भएको मध्ये १८ करोडको बिक्री नभएको सीबीआईएलले जनाएको छ । लगानीकर्तालाई वार्षिक २२ प्रतिशत भन्दा बढी लाभांश दिने सीबीआईएलले जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको …

पुरा पढ्नुहॊस »

भारतमा एनएमबी बैंकको डेविटकार्डबाट कारोबार शुल्क १५० मात्र

काठमाडौं । एनएमबी बैंकले भारतबाट भीसा र डेविट कार्डबाट रकम झिक्दा शुल्क घटाएको छ ।  भारतमा एनएमबी डेविट कार्डबाट कुनै पनि एटीएम कारोबार गर्दा शुल्क १५० रुपैयाँ मात्र लिने भएको छ ।यसअघि यस्तो शुल्क २५० रुपैयाँ थियो ।

पुरा पढ्नुहॊस »

राई र गुरूङ्गले जिते आइएमईको ‘आइफोन एक्स’

काठमाडौं । ‘आइएमई गरौँ, आईफोन एक्स जितौं’ भन्ने मूल नाराका साथ आइएमई लमिटेडले संचालनमा ल्याएको स्किमको दोस्रो तथा अन्तिम विजेता राजेश राई भएका छन् । कम्पनीले संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र युरोपमा रहेका सेवाग्राहीहरूलाई लक्षित गरी गत डिसेम्बर १५ देखि दुई महिना लामो स्किम सार्वजनिक गरेको थियो । स्किम अन्तर्गत नेपालमा पैसा लिने सेवाग्राहीहरू मध्येबाट हरेक दिन पाँच जना भाग्यशाली विजेतालाई प्रतिव्यक्ति २ वटा चन्द्रागिरि केवलकारका टिकट उपलब्ध …

पुरा पढ्नुहॊस »

बुद्ध एयरले थप्यो नयाँ जहाज, भोलीदेखि उडान

काठमाडौं। बुद्ध एयरले शनिबारदेखि नयाँ एटिआर ७२-२१२ ‘९ एन-एएमएफ’ जहाज उडान गर्ने भएको छ। केही  महिना अघि कम्पनीले एयर क्यालेडोइन कम्पनीबाट यो जहाज किनेको थियो।यो सँगै बुद्धसँग पाँच वटा एटिआर भएको छ। कम्पनीका अनुसार नयाँ जहाजले शनिबारदेखि भद्रपुर, विराटनगर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी लगायतका गन्तब्यमा उडान गर्नेछ। कम्पनीका वरिष्ठ कार्यकारी प्रवन्धक सुवास घिमिरेले नयाँ एटिआरले शनिबारदेखि उडान थाल्ने बताएका हुन । यो जहाजको  क्षमता  यात्रु ७४  छ।  

पुरा पढ्नुहॊस »

कोकाकोला मोःमोत्सव २०१८ सफलता पूर्वक सम्पन्न

काठमाडौं । ‘कोका–कोला मोःमत्सोब २०१८’ क्याम्पेन सफलता पूर्वक सम्पन्न भएको छ । जनवरी १५ बाट सुरुभएको यो महोत्सव करिब ढेड महिना संचालन भएको थियो । यो मोःमोत्सव कोका–कोलाले २०१६ बाट सूरु गरेको हो । यो क्याम्पेनमा कोका–कोला र मःमको कम्बो प्याकको साथमा नेपाली चिरपरिचित सेलिब्रेटीसँग भेट्ने र सेल्फी खिच्ने मौका प्रदान गरिएको थियो । कोका–कोला मोःमत्सोबलाई नेपालभर १००० भन्दा बढी होटल तथा रेष्टुराहरुमा संचालन गरिएको थियो । यो क्याम्पेनको मुख्य …

पुरा पढ्नुहॊस »

एफ्सी केन्ट गोर्खा भेट्रानले “सामुदायिक बाल उद्घार केन्द्र” लाई २ लाख सहयोग

गत सन २०१८ फरवरी २४ तारिखको दिन काठमाण्डौमा एफ्सी केन्ट गोर्खा भेट्रान बेलायतले एक च्यारीटी फुटबल खेलको आयोजना गरी“सामुदायिक बाल उद्घार केन्द्र” (Child Recue Centre.) काठमाण्डौ लाई २ लाख सहयोग रकम हस्तान्तरण गरेको हो । नेपालीहरुले बेलायती सेनामा २०० वर्ष लामो काम गरेको ईतिहाँस सँगै सन २००७ बाट बेलायतमै बस्न पाउने अधिकार पाए यता आफ्नो संस्कारसंस्कृति, भाषा तथा नयाँ र पुराना पुस्तालाई जोडेर राख्न साथै कामलाई एकछिन छाडेर समाजमा घुलमिल गराउन या हुनलाई यस क्लबको स्थापनासन २०१४ मा भएको हो, यस्का अलावा समयम समयममा केहि च्यारीटी खेलहरु खेलेर नेपालमा केहि अनाथ, असहायहरुलाई सके जति सहयोगगर्ने पनि क्लबको योजना रहेको क्लबका प्रवन्धक बुद्धी सुनुवारले जनाए । उक्त काठमाण्डौमा खेलिएको खेलमा “एमएस सेन्टर” र एफ्सी केन्ट गोर्खा भेट्रान बेलायत बिच खेलिएको खेलमा नेपालका कलाकारहरु धिरेनशाक्य लगायतको उपस्थिति रहेको खेल फुल टाईम सम्ममा बराबर भएपछि प्यानल्टि सुटमा समाप्त भएको थियो । उक्त खेल समाप्त पछि “सामुदायिक बाल उद्घार केन्द्र” (Child Recue Centre.) काठमाण्डौ लाई २ लाख सहयोग रकम हस्तान्तरण गरेको हो । टिमकोच लोक चेम्जोङले बताए अनुसार दोस्रो च्यारिटी खेल मार्चको ३ तारिख पोखरामा साहारा क्लबको आयोजनामा खेलहरु खेलेर साहारायुथक्लबलाई सहयोग रकम हस्तान्तरण गर्ने क्लबको प्रारम्भिक योजना रहेको जानकारी पनि दिए ।  

पुरा पढ्नुहॊस »

नगर क्षेत्रमा सिसिटीभी जडान गर्न हिमालयन बैंकको डेढ लाख सहयोग

नेपालगंञ्ज । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालगंञ्ज उपमहानगरपालिका कार्यालयलाई नगरमा फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा नगर क्षेत्रमा सिसिटीभि जडान लगायतका कृयाकलापहरु प्रभावकारी बनाउने कार्यमा सहकार्यको लागि   १ लाख ५० हजार रुपैंया सहयोग गरेको छ । बैंकको नेपालगञ्ज शाखा प्रबन्धक शैलेन्द्रमान श्रेष्ठले उपमहानगरपालिकाका मेयर डा. धबलशम्शेर राणालाई सहयोग रकम बराबरको चेक प्रदान गरेका हुन् । कार्यक्रममा मेयर राणाले नगर क्षेत्रको फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा नगर क्षेत्रमा सिसिटीभि …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको नयाँ शाखा कास्कीको सिमलचौरमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६८औं शाखा कास्कीको सिमलचौरमा संचालनमा ल्याएको छ । फाल्गुन१४ गते  बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरे । उक्त समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । सिटिजन्स बैंकले ग्राहकहरुलाई देशैभरी फैलिएका यस बैंकको ६८ वटा शाखा, ६५ वटा ए.टि.एम. काउन्टर र ९९ …

पुरा पढ्नुहॊस »