काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा मकवानपुरको मनहरि गा.पा. वडा नं. ०७, मा उद्घाटन गरिएको छ । मनहरि गाँउपालिकाका अध्यक्ष एकराज उप्रेतीले एक समारोहका बीच उद्घाटन गरेका छन् ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । मनहरि शाखाको समुद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १८० शाखा कार्यालयहरु, १८३ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
प्रतिकृया दिनुहॊस