काठमाडाै । एनएलजी इन्स्योरेन्सको बाहौं वार्षिक साधारणसभाले हाल कायम रहेको चुक्तापुँजी मा २५ प्रतिशतका दरले बोनस दिने निर्णय पारित गरेको छ । उपरोक्त बोनस सेयरपश्चात् कम्पनीको चुक्तापुँजी ६४ करोड ४ लाख ६ हजार २ सय ५० रुपैयाँ पुग्नेछ ।
साे कम्पनीले आव ०७३/७४ मा खुद नाफा २३.०९ करोड रुपैयाँ आर्जन गरेको पनि कम्पनीले जनायो उक्त साधारणसभामा समूह ‘ख’ को सेयरधनीको तर्फबाट रमा राज्यलक्ष्मी देवी पाण्डे र भुपेन्द्र पाण्डे तथा समूह ‘ग’ को सेयरधनीको तर्फबाट मीनबहादुर सामरी तथा मनबहादुर राई निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको मुख्य लगानीकर्ताहरूमा नेसनल लाइफ इन्स्योरेन्स, राष्ट्रिय वाणिज्य बैंक एवं सर्वसाधारणहरू छन् भने कम्पनीको प्रमुख पुनर्बिमक विश्वविख्यात हयानोभर रि रहेको छ ।
प्रतिकृया दिनुहॊस