नेपाल बैंकको एफपीओ आउँदै

काठमाडौं । नेपाल बैंक (Nepal Bank Ltd.) को वार्षिक साधारणसभा आज हुँदैछ । बैंकले साधारणसभामा एफपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्ने वताएकाे छ ।

साे साधारणसभाले प्रिमियम मूल्यसहितको एफपीओ प्रस्ताव अनुमोदन गरेपछि बैंकले प्रिमियम मूल्य प्रस्ताव गरेर धितोपत्र बोर्डमा आवेदन दिनेछ । बैंकले १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८०० रुपैयाँ बराबरको एफपीओ जारी गर्न लागेको छ । एफपीओपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ ।

बैंकले चालू आवको दोस्रो त्रैमाससम्म १ अर्ब ६३ करोड ८४ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने यसको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ७४ पैसा र प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ७६ पैसा रहेकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको …

प्रतिकृया दिनुहॊस