एनआईसी एसियाको ‘धनवर्षा मुद्दती खाता’ फेरि सुरु

काठमाडौं । एनआईसी एसिया बैंकले ‘धनवर्षा मुद्दती खाता’ फेरि सुरु गरेको छ । ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरू माझ अत्यन्त लोकप्रिय रहेको १ वर्ष अवधिकोे उक्त मुद्दती खातामा वार्षिक १२ प्रतिशतका दरले मासिक रूपमा ब्याज भुक्तानी गरिनेछ ।

मुलुकभरका विभिन्न स्थानहरूमा छरिएर रहेको १ सय ८० शाखा सञ्जालमध्ये जुनसुकै शाखाबाट उक्त मुद्दती खाता खोल्न सकिने र मुद्दती रसिदको धितोमा मौज्दातको ९० प्रतिशतसम्म कर्जासमेत उपलब्ध गराउन सकिनेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको …

प्रतिकृया दिनुहॊस