आर्थिक

सुर्या लाइफ इन्स्योरेन्सको हकप्रद निष्कासन बैंशाख ३१ गतेदेिख

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैंशाख ३१ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने वताएको छ । कम्पनीले चुक्तापुँजी बढाउन २८ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको २८ लाख ८७ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । साे कम्पनीले १० बराबर ४ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद निष्कासन बन्द असार ३ गते हुने छ भने हकप्रद निष्कासनपछि चुक्तापुँजी बढेर १ अर्ब १ करोड …

पुरा पढ्नुहॊस »

नेपाल सेवा लघुवित्तको आईपीओ निष्कासन अन्तिम दिन आजसम्म

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन आइतबारदेखि बन्द हुने वतार्इएकाे छ । सर्वसाधारणबाट माग गरेको भन्दा बढीकोका खरिद आवेदन परेपछि निष्कासन आइतबारसम्म हुने संस्थाले जानकारी दिएकाे छ ।

पुरा पढ्नुहॊस »

राप्ती हाइड्रोले जेठ १ देखि ३३ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्ट्रक्सन लिमिटेडले ३३ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । साे कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको ८ लाख २१ हजार ७३३ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन जेठ १ गतेदेखि खुला भई असोज ४ गते बन्द हुने कम्पनीले जनाएको छ । कम्पनीले ५ मेगावाटको रुकमगाड जलविद्युत आयोजना निर्माण गर्न लागेको छ ।

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको नाफा १ अर्ब ७८ करोड

काठमाडौं ।  कृषि विकास बैंकको नाफा बढेको छ । बैंकले चालु आव ९ महिनामा नाफा बढाएर १ अर्ब ७८ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको थियो ।बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको वित्तीय विवरणमा निष्क्रिय कर्जा घटेर ३.४९, निक्षेप लागत ७.१५, प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७९.१३, आधार ब्याजदर १२.७२, ब्याजदर अन्तर ५.६१ प्रतिशत रहेको बैंकले …

पुरा पढ्नुहॊस »

नेपालबाट छानिए उपेन्द्र पौड्याल ग्लोबल अलाएन्स फर बैकिङको प्रतिनिधिमा

काठमाडौं । ग्लोबल अलाएन्स फर बैंकिङ अन भ्यालुजको एशिया प्रशान्त क्षेत्रको प्रतिनिधिमा बैंकर उपेन्द्र पौड्याल चयन भएका छन् । संस्थाले उनलाई  एशिया प्रशान्त क्षेत्रको प्रतिनिधिको रुपमा छनोट गरेको हो । नेपाल बैकर्स संघका पूर्व अध्यक्ष पौड्याल हाल नबिल बैंकको संचालक समिति सदस्य छन् । बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत पौड्याल बरिष्ठ बैंकरको रुपमा चिनिन्छन् । पौड्यालकै नेतृत्वमा गत वर्ष नेपालमा ग्लोबल अलाएन्स फर बैंकिङ अन भ्यालुजको सम्मेलन भएको थियो। त्यतिबेला उनी नेपाल …

पुरा पढ्नुहॊस »

नेप्सकाे सिईओमा प्रविनप्रकाश नियुक्त

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड(नेप्स)को प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा प्रविनप्रकाश क्षेत्री नियुक्त भएका छन् । बैंंकिङ सुचना तथा प्रविधिको क्षेत्रमा ३० वर्ष भन्दा बढि कार्य अनुभव हासिल गरेका क्षेत्री यस अघि बैंक अफ काठमाण्डू लिमिटेडमा नायव महाप्रवन्धकको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र नविल बैंक लिमिटेडमा समेत विभिन्न पदमा रही जिम्मेवारी बहन गरी सकेका छन् ।१५ वटा बैंक तथा वित्तीय संस्थाहरुद्धारा संस्थापित एवं …

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंक र आइएमई लाइफबीच सम्झौता

काठमाडौंं। सेञ्चुरी कमर्सियल बैंक र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायतका बीमा सेवा प्राप्त गर्न सक्ने छन् । उक्त सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र आइएमई लाइफ इन्स्योरेन्सका सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गर्नुभएको छ । बैंकले काठमाडौं उपत्यकामा ११ शाखा र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका …

पुरा पढ्नुहॊस »

कुमारी बैंकको मुनाफा राम्रो प्रगति गर्दै कमायो ७० करोडमाथि

काठमाडौं । कुमारी बैंक लिमिटड (Kumari Bank Limited) ले आव तेस्रो त्रैमासमा खुद मुनाफा ७० करोड ५६ लाख रुपैयाँ कमाएको छ जुन गत बर्षको तुलनाभन्दा ८७ दशमलव ७३ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो बर्षको सोही अवधिमा मुनाफा ३७ करोड ५८ लाख रुपैयाँ कमाएको थियो । ५ अर्ब ९६ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले निक्षेपमा ६१ अर्ब ८४ करोड १७ लाख रुपैयाँ संकलन गरेर कर्जामा ५६ अर्ब …

पुरा पढ्नुहॊस »

यहि असार मसान्तभित्रै एनालग प्रसारण बन्द गर्ने सरकारले तयारी थाल्याे

काठमाडाै । सरकारले यहि असार मसान्तसम्म देशभरबाट एनालग टीभी हटाउने तयारीलार्इ तिब्रता दिएको छ। अब सरकारले देश भरमै टेलिभिजनलाई डिजिटलाइज गर्न लागेको छ । सरकारले आगामी १ सय दिनभित्र देशै भरीको एनलग टेलिभिजन प्रसारण बन्द गरि डिजिटलमा रुपान्तारित गराउने पक्का भएको छ । सञ्चार तथा सुचना प्रविधी राज्यमन्त्री गोकुल बाँस्कोटाले  सार्वजनिक गरेको मन्त्रालयको १ सय दिनभित्र गर्ने कार्यसुचिमा एनलग प्रविधीलाई असार मसान्तभित्रै देशभर डिजिटल प्रसारणको व्यवस्था गर्ने उल्लेख गरिएकाे छ …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंककाे जागिरकाे कहिले हुँदैछ परीक्षा ?

काठमाडौं । राष्ट्र बैंकले १५१ जनाको लागि खुलाएको विज्ञापनको परिक्षा मिती तोकेको छ । ३ तहको पदपुर्ति गर्नका लागि बैंकले असार ९ गतेदेखि परिक्षा सञ्चालन गर्ने वताएकाे छ । ४५ जना माग रहेको सहायक निर्देशक अधिकृत तृतियको प्रथम पत्रको परिक्षा असार ९ गते ११ बजेदेखि सुरु हुनेछ । त्यस्तै द्धितिय पत्र साउन १७, तृतिय पत्र साउन १८ र चतुर्थ पत्रको लागि साउन १९ गते तोकेको छ । द्धितिय तथा तृतिया …

पुरा पढ्नुहॊस »