राष्ट्र बैंककाे जागिरकाे कहिले हुँदैछ परीक्षा ?

काठमाडौं । राष्ट्र बैंकले १५१ जनाको लागि खुलाएको विज्ञापनको परिक्षा मिती तोकेको छ । ३ तहको पदपुर्ति गर्नका लागि बैंकले असार ९ गतेदेखि परिक्षा सञ्चालन गर्ने वताएकाे छ ।

४५ जना माग रहेको सहायक निर्देशक अधिकृत तृतियको प्रथम पत्रको परिक्षा असार ९ गते ११ बजेदेखि सुरु हुनेछ । त्यस्तै द्धितिय पत्र साउन १७, तृतिय पत्र साउन १८ र चतुर्थ पत्रको लागि साउन १९ गते तोकेको छ । द्धितिय तथा तृतिया पत्रको परिक्षा ४ घण्टासम्म हुने बैंकले वताएकाे छ ।
उता ९६ जना माग रहेको सहायक प्रशासन तर्फको परिक्षा असार २३ गतेबाट सुरु हुनेछ । द्धितिय पत्र भदौ ८ गते हुने तथा तृतिय पत्र भदौ ९ गते हुनेछ ।

यसैगरी १० जना माग गरिएको सहायक प्रविधिक तर्फको परिक्षा असार २२ गते हुने बैंक स्राेतले जानकारी दिएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नास आईटीद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयन गर्न जोड

काठमाडौं । आर्थिक वर्ष २०८१-८२ को बजेटलाई नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् …

प्रतिकृया दिनुहॊस