कुमारी बैंकको मुनाफा राम्रो प्रगति गर्दै कमायो ७० करोडमाथि

काठमाडौं । कुमारी बैंक लिमिटड (Kumari Bank Limited) ले आव तेस्रो त्रैमासमा खुद मुनाफा ७० करोड ५६ लाख रुपैयाँ कमाएको छ जुन गत बर्षको तुलनाभन्दा ८७ दशमलव ७३ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो बर्षको सोही अवधिमा मुनाफा ३७ करोड ५८ लाख रुपैयाँ कमाएको थियो ।

५ अर्ब ९६ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले निक्षेपमा ६१ अर्ब ८४ करोड १७ लाख रुपैयाँ संकलन गरेर कर्जामा ५६ अर्ब ८४ करोड ९३ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानीमा ६४ दशमलव ९४ प्रतिशतले बढेर १ अर्ब ३४ करोड १६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ६७ दशमलव ७१ प्रतिशतले बढेर ८५ करोड २८ लाख रुपैयाँ पुगेको छ ।

कुमारी बैंकको प्रति शेयर आम्दानी १५ दशमलव ७६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १५ दशमलव ८६ गुणा, प्रति शेयर नेटवर्थ १ सय ४७ दशमलव ११ रुपैयाँ र तरलता अनुपात २२ दशमलव ८४ प्रतिशत रहेको छ ।

बैंक (KBL) को निस्कृय कर्जा १ दशमलव २४ प्रतिशत र जोखिम युत्त सम्पत्ति १४ दशमलव ०९ प्रतिशत रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामसङले नेपालमा ल्यायो ग्यालेक्सी एम १५ ५जी

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एम१५ ५जी लन्च गर्ने औपचारिक घोषणा गरेको छ । ग्यालेक्सी …

प्रतिकृया दिनुहॊस