यहि असार मसान्तभित्रै एनालग प्रसारण बन्द गर्ने सरकारले तयारी थाल्याे

काठमाडाै । सरकारले यहि असार मसान्तसम्म देशभरबाट एनालग टीभी हटाउने तयारीलार्इ तिब्रता दिएको छ। अब सरकारले देश भरमै टेलिभिजनलाई डिजिटलाइज गर्न लागेको छ । सरकारले आगामी १ सय दिनभित्र देशै भरीको एनलग टेलिभिजन प्रसारण बन्द गरि डिजिटलमा रुपान्तारित गराउने पक्का भएको छ ।

सञ्चार तथा सुचना प्रविधी राज्यमन्त्री गोकुल बाँस्कोटाले  सार्वजनिक गरेको मन्त्रालयको १ सय दिनभित्र गर्ने कार्यसुचिमा एनलग प्रविधीलाई असार मसान्तभित्रै देशभर डिजिटल प्रसारणको व्यवस्था गर्ने उल्लेख गरिएकाे छ । सय दिनको कार्यसुचि सार्वजनिक गदै राज्यमन्त्री बाँस्कोटाले बहुमत प्राप्त सरकारका काम जनताले अनुभुत गर्नेगरि हुनुपर्ने भन्दै यसको अबिलम्ब कार्यन्वयन गर्नका लागि कमर्मचारीलाइ निर्देशन समेत दिएका छन् ।

दुर सञ्चार ऐन २०५३ को परिमार्जन, हुलाक बचत बैंकको विस्तार लगायत विभिन्न २१ बुँदे कार्यसुचिमा टेलिभिजन प्रसारणलाई डिजिटल प्रणालीमा रुपान्तरण गरि देशभरबाटै एनालग प्रणालि बन्द गर्ने कामलाई प्राथामिकतामा राखेको छ भने सरकारको निर्देशनपछि काठमाण्डौमा सबै प्रसारण डिजिटल भएपनि स्विच अफ नभएसम्म पुनः एनालगमै फर्कन सक्ने भएकाले एनालग प्रविधीलाई स्विच अफ गर्न
थालेको छ । सबैभन्दा पहिले काठमाण्डौ र त्यसपछि पोखरा बिराटनगर लगायतका शहरमा समेत एनालग पुर्णतय बन्द हुने क्रमले तीब्रता पाएकाे छ । डिजिटल प्रणाली लागू भए सरकारको राजश्व बढ्नुको साथैं जनताले पनि गुणस्तरीय माध्यमबाट टेलिभिजन हेर्न पाउने डीस हाेमका जनरल म्यानेजर कल्याण अधिकारीले न्यूज दैनिकलार्इ जानकारी दिनुभयाे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री