काठमाडौं । मध्यमाञ्चल क्षेत्रीय प्रतिभा पहिचान प्रतिस्पर्धामा सिन्धुलीकी छात्रा प्रस्तुति अधिकारी प्रथम भएकी छन् । मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयले आयोजना गरेको प्रतिस्पर्धामा सिन्धुलीको न्यु इंगलिस सेकेन्ड्री स्कुलकी ९ कक्षाकी छात्रा अधिकारीले यस क्षेत्रका १९ जिल्लाका विद्यार्थीलाई उछिनेर प्रथम पुरस्कार जितेकी हुन् । उनले भाषा तथा साहित्य विधामा आयोजकले दिएको देश निर्माणका लागि ब्यवसायिक शिक्षा विषयमा तत्काल कविता लेखेर बाचन गरेकी थिइन् । छात्रा अधिकारीले प्रथम भएर ५ हजार रुपैयाँ नगदसहित …
पुरा पढ्नुहॊस »सिद्धार्थ बैंकको सबैभन्दा बढी सेयर कारोबार
काठमाडौ । यो साता सिद्धार्थ बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । आइतबारदेखि बिहीबारसम्म बैंकको ७ करोड १ लाख ८० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकको २ लाख ११ हजार कित्ता शेयर कारोबार भएको थियो । बैंकको सेयर सस्तो भएपछि लगानीकर्ताले खरिद गरेका हुन् । सिद्धार्थको सेयर मूल्य घटेर प्रतिकित्ता ३३५ रुपैयाँमा कारोबार भएको छ ।
पुरा पढ्नुहॊस »नबिल बैंकको थप ५ नयाँ शाखाहरु संचालनमा
काठमाडौं । नबिल बैंकले आफ्नो ५ नयाँ शाखाहरु स्थानीय तहमा स्थापना गरेको छ । बैंकले सम्मरीमाई गाउँपालिका, रुपन्देही वडा नं. ८ तिला गाउँपालिका, जुम्ला वडा नं. १ बराहताल गाउँपालिका, सुर्खेत वडा नं. ५ वित्थडचिर गाउँपालिका, बझाङ्ग वडा नं. ४ तथा आलिताल गाउँपालिका, डढेलधुरा वडा नं. ८ गरि पाँच वटा नयाँ शाखाहरुमा बैकिङ्ग कारोबार सुरु गरेको छ । व्यवसायिक र प्रभावकारी बैंकिङ्ग सुविधाहरु प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका …
पुरा पढ्नुहॊस »एनआईसी एशियाले ल्यायो कृषि तथा पर्यटन व्यवसाय कर्जा, ५ प्रतिशत व्याज अनुदान दिने
काठमाडौं । एनआईसी एशिया बैंकले हालै ‘कृषि ब्यवसाय कर्जा’ र ‘पर्यटन व्यवसाय कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले कृषि तथा पर्यटन क्षेत्रमा लगानी बढाई यस क्षेत्रलाई सबल बनाउने उद्देश्यले उक्त योजना सार्वजनिक गरेको हो । कृषि तथा पर्यटन क्षेत्रमा स्व–व्यवसायलाई थप प्रबद्र्धन तथा भएको व्यवसायलाई विस्तार गर्ने योजना बनाईरहेका व्यवसायीहरुलाई साथ दिने उद्देश्यले बैंकले यो योजना ल्याएको र यस योजनाले कृषि तथा पर्यटन व्यवसाय बृद्धिमा थप टेवा पुर्याउने विश्वास लिएको …
पुरा पढ्नुहॊस »एभरेष्ट बैंकको थप शाखा टाँडीमा
काठमाडौं । एभरेष्ट बैंकले आफ्नो थप शाखा चितवनको टाँडीमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वन र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका छन् । हालै भएको क्यामेल्स रेटिङ्मा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम मार्फत बैंकिङ् सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
पुरा पढ्नुहॊस »महालक्ष्मी विकास बेैंकको सहयोग
काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लि. को पुतलीसडक शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रुद«मती माध्यमिक विद्यालय, बानेश्वरका विद्यार्थीहरुलाई रु ३५,००० बराबरको कापी, कलम, र ब्याग उपलब्ध गराएको छ । बैँकको सिमरा शाखाको आयोजनामा जितपुर सिमरा उपमहानगरपालिका वडा नं ०२ स्थित सिमरा कलेजको भवनमा महालक्ष्मी छात्रवृित्त वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सिमरा कलेजका गरिब तथा जेहेन्दार …
पुरा पढ्नुहॊस »हिमालयन बैंकको शाखा बारा र बाँकेमा
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा देशका विभिन्न दुई गाउँपालिकाहरु क्रमशः बारा जिल्लाको प्रसौनीमा र बाँके जिल्लाको राप्तीसोनारी, शम्शेरगंजमा आफ्नो नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । उक्त शाखाहरुबाट बैंकले ग्राहक महानुभावहरुलाई अत्याधुनिक तथा सबै प्रकारका बैङ्किग सुविधाहरु उपलब्ध हुनेछ । नयाँ शाखाहरु सञ्चालनमा आए पश्चात बैंकको कूल शाखा संख्या ४९ पुगेको छ ।
पुरा पढ्नुहॊस »हिमस्टार होम अप्लाइन्सेसको ‘हिमस्टार फुटवल मेला’
काठमाडौं । विश्वकप २०१८ नजिकिएसँगै सर्बत्र फुटवलको चर्चा सुरुभएको छ । सबै साथीभाई र परिवार बसेर विश्वकप फुटवललाई चाडपर्वको रुपमा मनाउने तयारी गरिरहँदा हिमस्टारले ‘हिमस्टार फुटवल मेला’ स्किम सुरु गरेको छ । यो मेलाको मुख्य उद्देश्य फुटवल प्रेमीलाई एउटा राम्रो र रमाइलो उत्सवको अनुभव दिनु हो । यस अफरअन्र्तगत हिमस्टारका टिभी, वासिङ्ग मेसिन र भ्याकुम क्लिनर खरिदगर्ने ग्राहकले विशेष अफर प्राप्त गर्न सक्ने छन् । यो स्किम हिमस्टारका देशभर रहेका …
पुरा पढ्नुहॊस »आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंक बिच Banca assurance सम्झौता
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेड बिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक केशब राज पौडेलले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् । उक्त कार्यक्रममा एभरेष्ट …
पुरा पढ्नुहॊस »फेरी बढ्यो पेट्रोलियम पदार्थकाे मुल्य, पेट्रोल ११०, डीजेल ९२
काठमाडौं । नेपाल आयल निगमले फेरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रति लिटर दुई/दुई रुपैयाँ मुल्य बढाएकाे छ । बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य बढाएकाे वताएकाे छ । भारतबाटै पेट्राेलियम पदार्थकाे भाउ बढेर अाएकाे भन्दै स्वचालित मुल्य प्रणालीकाे अाधारमा निगमले मुल्य बढाएकाे जानकारी दिएकाे छ । मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको मुल्य ९२ रुपैयाँ प्रति लिटर पुग्ने भएकाे छ । बुधबार राति …
पुरा पढ्नुहॊस »