नेपालबाट छानिए उपेन्द्र पौड्याल ग्लोबल अलाएन्स फर बैकिङको प्रतिनिधिमा

काठमाडौं । ग्लोबल अलाएन्स फर बैंकिङ अन भ्यालुजको एशिया प्रशान्त क्षेत्रको प्रतिनिधिमा बैंकर उपेन्द्र पौड्याल चयन भएका छन् ।

संस्थाले उनलाई  एशिया प्रशान्त क्षेत्रको प्रतिनिधिको रुपमा छनोट गरेको हो । नेपाल बैकर्स संघका पूर्व अध्यक्ष पौड्याल हाल नबिल बैंकको संचालक समिति सदस्य छन् । बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत पौड्याल बरिष्ठ बैंकरको रुपमा चिनिन्छन् ।

पौड्यालकै नेतृत्वमा गत वर्ष नेपालमा ग्लोबल अलाएन्स फर बैंकिङ अन भ्यालुजको सम्मेलन भएको थियो। त्यतिबेला उनी नेपाल बैंकर्स संघका अध्यक्ष थिए। ग्लोबल अलाएन्स फर बैंकिङ अन भ्यालुज गैर नाफामुखी स्वतन्त्र संस्था हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री