आर्थिक

प्रभु लाइफ इन्स्योरेन्सको दुई नयाँ उपशाखा

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले एकै साथ दुई नयाँ उपशाखा  कार्यालयहरु संचालनमा ल्याएको छ । इन्स्योरेन्सले धनकुटा र अछाम उप–शाखाको एकै साथ शुभारम्भ गरी कारोबार सुरु गरेको हो । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले एक कार्यक्रमका बीच धनकुटा उप–शाखा कार्यालय तथा अछाम जिल्ला समन्वय समितिका कार्यवाहक संयोजक टोप बहादुर रावलले अछाम उप–शाखाकार्यालयको उद्घाटन गरे ।   

पुरा पढ्नुहॊस »

फ्रेन्ड्स क्लबको मुख्य प्रायोजक इन्भेष्टमेन्ट बैंक

काठमाडौं । फ्रेन्ड्स क्लबलाई ‘ए’ डिभिजन लिग अवधिभरका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ । शनिबारदेखि शुरु हुने ‘ए’ डिभिजन लिगका लागि बैंकसँग क्लबले सो सम्बन्धी सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकले क्लबलाई लिग अवधिभरका लागि १० लाख उपलब्ध गराउने छ । क्लबले बैंकको लोगो अङ्कित जर्सी लगाउनेछ । क्लबको सह–प्रायोजकको रुपमा पञ्चकन्या ग्रुप रहेको छ । सहमतिअनुसार पञ्चकन्याले सहप्रायोजकबापत क्लबलाई पाँच लाख उपलब्ध गराउने क्लबका अध्यक्ष राजीव पौडेलले …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंक र ओम हस्पिटलबीच सम्झौता

काठमाडौं। सिद्धार्थ बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिलबीच स्वास्थ्य सेवा छुट सम्बन्धि सम्झौता भएको छ । उक्त  सम्झौतापत्रमा सिद्धार्थका तर्फबाट पेमेन्ट सलुसन्सका प्रमुख सुरेसराज मर्हजन र ओमका तर्फबाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरे ।सम्झौताअनुसार बैंकका कर्मचारी तथा कर्मचारीका परिवार, सिद्धार्थ क्रेडिट कार्डवाहक तथा कार्डवाहकका परिवार र बैंकका सम्पूर्ण ग्राहकले अस्पतालमा विभिन्न स्वास्थ्य सेवा लिंदा छुट प्राप्त गर्न सक्ने छन् । यसअन्तर्गत बैंकका ग्राहकहरुले डेविट कार्ड, प्रिपेड कार्ड र सिद्धार्थ …

पुरा पढ्नुहॊस »

मेगाको शाखारहित बैंकिङ सेवा अब पर्वतको कुश्मामा पनि

काठमाडौं । मेगा बैंकले पर्वतको कुश्मामा पनि शाखारहित बैंकिङ सेवा शुरुवात गरेको छ । सेवा विस्तारको क्रममा रहेको बैंकले कुश्मा नगरपालिका वडा नम्बर ९ ज्ञादीस्थित साइकलचोकबाट सेवा शुरुवात गरेको हो । शाखारहित बैंकिङ सेवाको कुश्मा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष कृष्णप्रसाद लामिछाने र मेगा बैंक कुश्मा शाखाका प्रबन्धक उमाकान्त तिवारीले संयुक्त रुपमा उद्घाटन गरे । वडा अध्यक्ष लामिछानले पर्वत जिल्लामै रहेर पनि सुलभ बैकिङ्क सेवा उपयोग गर्नबाट बञ्चित कुश्मा नगरपालिका …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ सेवा इलाम र म्याग्दीमा

काठमाडौं। माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ सेवा इलाम र म्याग्दीमा  संचालनमा ल्याएको छ । बैंकले इलामको साँखेजुङ् र म्याग्दीको रघुगंगा गाँउपालिकास्थित राखु भगवतीमा थप शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । उक्त शाखा रहित सेवा केन्दहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूत्तानीका साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट …

पुरा पढ्नुहॊस »

प्रमाणपत्र धितोमा ऋण पाउने व्यवस्था कार्यान्वयनमा

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए। सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी सहुलियत पूर्ण शैक्षिक कर्जा लिन पाउने व्यवस्था गरेको थियो । केन्द्रीय बैंकको परिपत्रपछि बैंक तथा वित्तीय संस्थाले प्रमाणपत्र धितोमा राखेर सात लाख …

पुरा पढ्नुहॊस »

सुपथ मूल्य पसल आजबाट, कुन खाद्यान्नमा कति छुट ?

काठमाडौं । सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । विगत वर्षहरुमा दशैं-तिहारलगायत चाडपर्वलाई लक्षित गरेर यस्ता पसलहरु सञ्चालन गर्दै आएको विभागले यस वर्ष पनि त्यसलाई निरन्तरता दिएकाे हो । सुपथ मूल्य पसल सञ्चालनको नेतृत्व गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यकासहित देशका विभिन्न ४७ स्थानमा यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिएको छ । आजदेखि खुल्ने सुपथ मूल्य पसल कात्तिक २३ सम्म सञ्चालन गर्ने विभागको तयारी छ …

पुरा पढ्नुहॊस »

अपी नाम्पाले एक वर्षमा उठायो दुई करोड ४४ लाख राजस्व

काठमाडाैं । आर्थिक वर्ष २०७३\०७४ को तुलनामा गत आर्थिक वर्ष २०७४\०७५ मा अपी नाम्पा संरक्षण क्षेत्रले ४० लाख बढी राजस्व संकलन गरेको छ । संरक्षण क्षेत्रले ४० लाख २४ हजार ५०५ रुपैयाँ बढी संकलन गरेको हो । विभिन्न शीर्षकमा गत आर्थिक वर्षमा संरक्षण क्षेत्रले दुई करोड ४४ लाख १४ हजार ९६ रुपैयाँ राजस्व संकलन गरेको छ भने अघिल्लो वर्ष दुई करोड तीन लाख ८९ हजार ५५१ रुपैयाँ राजस्व संकलन गरेको छ । गत …

पुरा पढ्नुहॊस »

कर्णालीमा विषादी प्रयोगशालाका लागि डेढ करोड

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा विषादी प्रयोगशाला केन्द्र स्थापनाका लागि डेढ करोड रुपैयाँ छुट्याइएको छ । कर्णालीलाई जैविक प्रदेशका रुपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा उक्त प्रयोगशाला स्थापनाका लागि १ करोड ५० लाख बजेट छुट्याएको हो । दशैँ लगत्तै प्रयोगशाला स्थापनाको काम सुरु हुने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिए । बाहिरी जिल्लाबाट कर्णाली भित्रिने तरकारीलगायतका वस्तु परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न लागिएको उनले बताए । …

पुरा पढ्नुहॊस »

विश्व बैंकले नेपाललाई १३ अर्बभन्दा बढी ऋण दिने

काठमाडौं । विश्व बैंकले कम खर्चमा निर्माण हुने ४७७ भन्दाबढी पुलका लागि १३ अर्ब ३० करोडभन्दा बढी ऋण सहयोग उपलब्ध गराउने भएको छ । विश्व बैंकको प्रधान कार्यालय वासिङटन डिसीमा भएको बोर्ड बैठकमा नेपाललाई दोस्रो पुल सुधार तथा मर्मतसम्भार परियोजना कार्यान्वयन गर्न उक्त रकम ऋणस्वरुप प्रधान गर्ने निर्णय भएको बैंकले जनाएको छ । ऋणस्वरुप प्राप्त हुने उक्त रकमबाट ८० वटा दुई लेनका नयाँ पुल र ३५ वटा चार लेनका पुलको …

पुरा पढ्नुहॊस »