काठमाडौं। सिद्धार्थ बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिलबीच स्वास्थ्य सेवा छुट सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थका तर्फबाट पेमेन्ट सलुसन्सका प्रमुख सुरेसराज मर्हजन र ओमका तर्फबाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरे ।सम्झौताअनुसार बैंकका कर्मचारी तथा कर्मचारीका परिवार, सिद्धार्थ क्रेडिट कार्डवाहक तथा कार्डवाहकका परिवार र बैंकका सम्पूर्ण ग्राहकले अस्पतालमा विभिन्न स्वास्थ्य सेवा लिंदा छुट प्राप्त गर्न सक्ने छन् ।
यसअन्तर्गत बैंकका ग्राहकहरुले डेविट कार्ड, प्रिपेड कार्ड र सिद्धार्थ क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा विशेष छुट उपभोग गर्न सक्नेछन्।
प्रतिकृया दिनुहॊस