आर्थिक

ग्लोबल आइएमई बैंक र न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटलबीच सम्झौता

काठमाडौं। ग्लोबल आइएमई बैंक लि. र न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटल, विराटनगरबीच सम्झौता भएको छ । अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्भौता पत्रमा न्यूरो कार्डियो एण्ड मल्टी स्पेशियालिटी हस्पिटलका सञ्चालन निर्देशक राजेश भट्टराई  र ग्लोबल आइएमई बैंक विराटनगरको शाखा प्रबन्धक  शशि शेखर शर्माले हस्ताक्षर गरे ।   उक्त सम्झौता पश्चात न्यूरो कार्डियो एण्ड मल्टी स्पेशियालिटी हस्पिटलका, विराटनगरमा उपचार गराउँदा …

पुरा पढ्नुहॊस »

सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सन नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र जनता बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले हस्ताक्षर गरे।अब जनता बैंकका ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् ।   साथै, उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकबाटै प्रभु लाइफको इन्स्योरेन्स सेवा पाइने

काठमाडौं । सिद्धार्थ बैंक  र  प्रभु लाइफको इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंककातर्फबाट सहायक महाप्रबन्धक अर्नुजभद्र खनाल र प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख व्यवसायिक अधिकृत प्रयास श्रेष्ठले हस्ताक्षर गरेका छन् ।   प्रभु लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्ने ग्राहकहरुलाई आवश्यक जीवन बीमा सम्बन्धी सेवाहरु बैंकको जुनसुकै शाखाबाट लिन  सकिन्छ । साथै,  नविकरण प्रिमियम तथा जीवन बीमाको प्रिमियम सिद्धार्थ बैंकबाट सजिलै बुझाउन सकिने  छ । बैंकले हाल देशभर …

पुरा पढ्नुहॊस »

आइएमईका कर्मचारीलार्इ बोता मःम मा १५ प्रतिशत छुट

काठमाडौं । आइएमई लिमिटेड र महाराजगंज काठमाडौंमा अवस्थित बोता मःम बीच ग्राहकलाई विशेष छुट दिने सम्बन्धि सम्झौता भएको छ ।  उक्त सम्झौतापत्रमा आइएमईका तर्फबाट ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र बोतामःमको तर्फबाट अपरेशन इन्चार्ज बिजीन प्रधानले हस्ताक्षर गरे । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवा ग्राहीहरूले बोता मःममा १५ प्रतिशत विशेष पाउनेछन् ।  यो सम्झौता असोज १ गतेदेखि दुई वर्षसम्मका लागि लागु हुने कम्पनीले जनाएको छ ।   काठमाडौंमा ४, ललितपुरमा …

पुरा पढ्नुहॊस »

टेलिकमले उपलब्ध गराउँदै आएको २५६ केबिपिएस ब्याण्डविथ लिज लाइन अब ५१२ केबिपिएस हुने

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको २५६ केबिपिएस ब्याण्डविथ लिज लाइन अब स्वचालितरूपमा ५१२ केबिपिएस हुने भएको छ । टेलिकमले असोज १ गतेदेखि इन्ट्रानेट लिज सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रमोसनल अफर लागू गर्ने भएको हो। कर्पोरेट ग्राहकले टेलिकमको आइपी नेटवर्क प्रयोग गरी आफ्नो मल्टिपल प्वाइन्टहरू कनेक्ट गर्न इन्ट्रानेट लिज सेवा उपयोग गर्न सक्छन् । यसअघि २५६ केबिपिएस ब्यान्डविथको लिज  लाइन प्रयोग गरिरहेका ग्राहकको समयावधि सकिएपछि …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको खाता अब घरमै बसी खोल्न सकिने

काठमाडौँ । अब खाता खोल्न बैंकमै जानुपर्ने बाध्यता बाट ग्राहकहरुले छुटकारा पाउने भएका छन् । माछापुच्छ्रे बैंकको अनलाईन खाता मार्फत विश्वको जुनसुकै कुनाबाट पनि खाता खोल्न र संचालन गर्न सकिने बैंकले जनाएको छ । अनलाईन खाता खोल्न ग्राहकहरुले बैंकको वेबसाईटमा गई अनलाईन खाता खोल्ने फारम भर्नुपर्नेछ । इन्टरनेटको माध्यमबाट कम्प्युटर, मोबाईल, ट्याबलेट÷आइ–प्याडको प्रयोग गरी सहजै खाता खोल्न सकिने जानकारी बैंकले दिएको छ । माछापुच्छ्रे   बैंकले हालसालै बचत खातामा प्रदान गर्दै …

पुरा पढ्नुहॊस »

चोभारमा सिटिजन्स बैंकको एटिएम संचालन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले काठमाडौँको चोभारमा  एटिएम सेवा सञ्चालनमा ल्याएको छ ।  काठमाडौं क्षेत्र नं १० का सभासद राजन के.सी, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ब्रान्ड एम्बेसडर तथा राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले एक समारोहका बीच संयुक्त रुपमा उक्त सेवाको सुरुवात गरेका हुन् । चोभार क्षेत्र लगायत वरपरका सबै मानिसहरु यस सेवाबाट लाभान्वित हुने बैंकले विश्वास लिएको छ । सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकले गर्यो, तीजको अवसरमा निःशुल्क खानेपानीको व्यवस्था

महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको केन्द्रीय कार्यालयले मिति २०७५।०५। २७ गते हिन्दु महिलाहरुको महान् चाड हरितालिका तीजको पावन अवसरमा श्रद्घालु भक्तजनहरुका लागि शुद्घ पिउने पानी वितरण गरेको छ । उक्त कार्यक्रममा बैंकले बिहान ६ बजे देखि साँझ ७ बजे सम्म दर्शनार्थीहरुलाई पानी वितरण गरेको थियो । बैंकको कालीमाटी शाखाले भने मिति २०७५।०५।२९ ऋषि …

पुरा पढ्नुहॊस »

मेगा बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा  मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके टमोटले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे। यस सम्झौताअनुसार मेगा बैंकका ग्राहकहरुले घर, गाडी, उद्योग व्यावसाय, स्टक लगायतका निर्जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई सुविधा हुने मेगा बैंकको विश्वास छ ।   ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट जनरल इन्स्योरेन्समा …

पुरा पढ्नुहॊस »

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र एनएमबि बैंक बीचसम्झौता

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र एनएमबि बैंक लि. बीच  भएको छ । उक्त सम्झौतापत्रमा एनएमबि बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत  संजिब सुब्बाबीच हस्ताक्षर भएको छ  । यस सम्झौताअनुसार एन.बी.आईले एनएमबि बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार एनएमबि बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ …

पुरा पढ्नुहॊस »