आर्थिक

एचएच बजाजको नयाँ शोरुम भरतपुरको चितवनमा शुभारम्भ

काठमाडौं। एचएच बजाजले सुविधा सहितको शोरुम,“एन के मोटोर्स“ भरतपुर चितवनको हाकिम चोकमा संचालनमा ल्यायो । एचएच बजाज आफ्ना सबै ग्राहकहरुलाई उच्च गुणस्तरको बिक्री, सर्भिस तथा स्पेयर प्रदान गर्न दृढ छ । नयाँ शोरुम शुभारम्भको अवसरमा, शोरुमद्धारा ग्राहकहरुका लागि आकर्षक पुरस्कारहरु प्रदान । नेपालमा सबैभन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्ड मध्येको एक, हंशराजहुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड ,बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो । एचएच बजाजले आफ्नो …

पुरा पढ्नुहॊस »

सानिमा माई हाइड्रोपावरले लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने

काठमाडाैं । सानिमा माई हाइड्रोपावरले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिन लागेको हो । सो लाभांश वित्तरणका लागि साधारणसभाले पारित गरेको हुनुपर्नेछ । कम्पनीले साधारणसभा कात्तिक ८ गतेलाई बोलाएको छ । सो साधारणसभाले लाभांश वित्तरणको प्रस्ताव पारित गर्नेछ । गत आर्थिक वर्षको वित्तिय विवरण र हाइड्रोपावरलाई गाभ्ने प्रस्ताव पनि पेश हुँदैछ …

पुरा पढ्नुहॊस »

हेर्नुस् आजको विनिमय दर

काठमाडौं । मंगलबार सोमबारको तुलनामा रियाल, दिर्हाम, दिनार र रिंगिटको भाउ केही पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रिदर ३१ रुपैयाँ १९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ र बिक्रिदर ३२ रुपैयाँ १२ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ६८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८४ …

पुरा पढ्नुहॊस »

अायल निगमको घाटा अर्ब माथि

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर एक अर्ब २९ करोड पुग्ने तथ्य सार्वजनिक गरेको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको हो । भारतीय आयल कर्पोरेशनले आज पठाएको पछिल्लो मूल्यसूचीका आधारमा पछिल्लो १५ दिनमा मात्रै रु ६४ करोड ५७ लाख घाटा भएको छ । उनका अनुसार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ४५ पैसा, …

पुरा पढ्नुहॊस »

ग्लोबल बैंक र पाटन प्याथ ल्याबबीच सम्झौता

काठमाडाैं । ग्लोबल आइएमई बैंक र पाटन प्याथ ल्याबबीच सम्झौता भएको छ । सम्झौताअनुसार, बैैंकका ग्राहक तथा कर्मचारीले ल्याबले प्रदान गर्ने विभिन्न सेवामा ३५ प्रतिशत छुट पाउने भएका छन् । पाटन प्याथ ल्याबमा परिक्षण गराउँदा बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहक तथा कर्मचारीले सुविधा प्राप्त गर्नसक्ने जनाइइएको छ । ग्राहकलाई स्वदेशमै गुणस्तरीय परीक्षणमा सहुलियत दिने उद्देश्यले सम्झौता गरेको हो । सम्झौतापत्रमा ल्याबका अध्यक्ष रेशम भट्टराई र बैंकका कार्ड बिक्री तथा …

पुरा पढ्नुहॊस »

सेयर बजार : दोहोरो अङ्कले घट्यो, लगानीकर्ता चिन्तित

काठमाडौं । धितोपत्र बजारमा आज पनि सेयरको मूल्य ओरालो लागेको छ । केही अंकले बढेर दोहोरो अंकले ‌‌ओरालो लागिरहेपछि सेयर बजारका लगानीकर्ता भने निराश भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १८.०४ बिन्दुले घटेर एक हजार २३८.६७ पुगेको छ । आइतबार जस्तै सोमबार पनि बजार दोहोरो मूल्यले ओरालो लागेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ४.२९ बिन्दुले घटेर २६२.८० बिन्दुमा पुगेको छ । कारोबार रकममा समेत …

पुरा पढ्नुहॊस »

तोकेभन्दा एक रूपैयाँ बढी भाडा लिए ५ हजार जरिवाना

काठमाडौं । सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक-पटक तोक्ने गरेको भाडादर सवारी साधनका चालकले अझै लागू गराउँन खोज्दैनन्। विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो। भाडा बढाएपछि चार किमिसम्मको भाडा रु १४ तोकिएको छ । पाँच किमिसम्म रु १६, छ किमिसम्म रु १७, आठ किमिसम्म रु १८, १९ किमिसम्म …

पुरा पढ्नुहॊस »

सिटिजन लाइफ इन्स्योरेन्सको शाखा पोखरामा

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको पृथ्वी चोकमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीका ब्रान्ड एम्बेसेडर द्वय, मह जोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले गण्डकी प्रदेशका माननिय सामाजिक विकास मन्त्री श्रीमती नरदेवी पुन मगरको प्रमुख आतिथ्यमा शाखाको उद्घाटन गरे । यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । साथै कम्पनीले …

पुरा पढ्नुहॊस »

महुली लघुवित्तलाई ५०% हकप्रद बिक्री गर्ने अनुमति

काठमाडौं । धितोपत्र बोर्डले महुली सामुदायिक लघुवित्त वित्तीय संस्थालाई ५०५ हकप्रद निष्कासन गर्न अनुमति दिएको छ । महुलीले २ः१ अनुपातमा ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । यस हकप्रदमा सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट ५०५ हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ९ करोड रुपैयाँ …

पुरा पढ्नुहॊस »

यस्तो छ सामसङको ‘बडा दशैंको बडा बचत’ योजना

काठमाडाैं । सामसङ नेपालले चाडपर्वको उपलक्ष्यमा ‘बडा दशैंको बडा बचत’ नामको आकर्षक योजना ल्याएकाे छ । याे  योजना अन्तरगत ग्राहकहरुले सामसङका इलेक्ट्रोनिक्स उत्पादनहरुको खरिदमा आकर्षक छुट प्राप्त गर्न सक्ने भएका छन् । ग्राहकहरुले यो योजनाअवधिभर सामसङका एलईडी, स्मार्ट, स्मार्ट एलईडी यूएचडी तथा क्य एलईडी टेलिभिजनहरुको खरिदमा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी रेफ्रिजेरेटरको खरिदमा १७ प्रतिशत, वाशिङ्ग मेसिनको खरिदमा १४ प्रतिशतसम्म छुट पाउने जनाइएकाे छ । यो योजनाअवधिभर साइड …

पुरा पढ्नुहॊस »