माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ सेवा इलाम र म्याग्दीमा

काठमाडौं। माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ सेवा इलाम र म्याग्दीमा  संचालनमा ल्याएको छ । बैंकले इलामको साँखेजुङ् र म्याग्दीको रघुगंगा गाँउपालिकास्थित राखु भगवतीमा थप शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

उक्त शाखा रहित सेवा केन्दहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूत्तानीका साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

 

बैंकले  आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २९ शाखारहित समेत गरी जम्मा ११७ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेका छन ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस