सुनको मूल्य तोलामा ४ सयले बढ्यो

काठमाडौं । विहिबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४ सयले बढेर ९२ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको ९२ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रहेको छ ।

त्यसैगरी विहिबार चाँदीको मूल्य स्थिर रहदै प्रतितोला १२५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप