आर्थिक

अलैँचीको भाउ तीन वर्षयताकै उच्च

काठमाडौँ । अलैँचीले भाउ पाउन थालेपछि कृषकहरू हर्षित भएका छन् । प्राय पूर्वी पहाडी जिल्लाहरूमा व्यावसायिक रुपमा उत्पादन हुने अलैँचीको भाउ अहिले प्रतिमन (४० किलो) ५१ हजार पुगेपछि कृषकहरू हर्षित भएका हुन् । यस वर्ष भारतीय बजारमा अलैँचीको माग उच्च रहेकाले राम्रो भाउ पाएको व्यापारीहरू बताउँछन् । भारतमा मात्रै होइन अन्तर्राष्ट्रिय बजार बङ्गलादेश र दुबईमा समेत अलैँचीको माग बढेर गएको माइजोगमाई गाउँपालिका १ इलामकी व्यापारी कुसुम दाहालले बताए । अलैँची …

पुरा पढ्नुहॊस »

हवाई सेवा प्रदायक कम्पनीहरूले बढाए हवाई भाडा

इन्धनको मूल्य वृद्धि भएसँगै हवाई सेवा प्रदायक कम्पनीले हवाई भाडा बढाएका छन्। वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले आज विज्ञप्ति जारी गर्दै हवाई भाडामा जोड्ने इन्धनको शुल्कमा अधिकतममा रु २२० वृद्धि गरिएको जनाएको छ। निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर रु ५ मूल्य बढाएको थियो। सोही अनुरुप वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन्। यसरी बृद्धि भएको भाडादरअनुरुप अब काठमाडौँबाट सबैभन्दा लामो दूरीको धनगढी गन्तव्यका लागि रु २२० बढेको छ। …

पुरा पढ्नुहॊस »

नेपालकै बेष्ट लक्जरी रिर्सोटको अवार्ड चन्द्रागिरि हिल्सलाई

काठमाडौँको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यसवर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०२१’ प्रदान गरिएको छ। भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित कार्यक्रमका प्रमुख अतिथी नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेम बहादुर आले र भारतका पूर्वमन्त्री एवम् राज्यसभाका सांसद विजय गोयलले उक्त पुरस्कार प्रदान गरेका हुन्। ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, …

पुरा पढ्नुहॊस »

७४ प्रतिशतले बढ्यो मनकामना स्मार्ट लघुवित्तको खुद नाफा

मनकामना स्मार्ट लघुवित्तले चालु आर्थिक वर्षको खुद नाफा ७३ दशमलव ९७ प्रतिशतले बढेर ४७ लाख ११ हजार रुपैयाँ पुगेको छ। लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमाससम्म आइपुग्दा मनकामना स्मार्ट लघुवित्तको खुद नाफा ७३ दशमलव ९७ प्रतिशतले बढेर ४७ लाख ११ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको साेही अवधिमा कम्पनीले २७ करोड आठ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा लघुवित्तकाे खुद ब्याज आम्दानी ४८ दशमलव ३७ प्रतिशतले बढेर …

पुरा पढ्नुहॊस »

साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ कायम भएकोमा आइतबार दुई सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको हो। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम भएको महसंघले जनाएको छ। आइतबार चाँदीको मूल्यमा पनि तोलामा १० रुपैयाँ बढेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार २९५ रुपैयाँ कायम भएको …

पुरा पढ्नुहॊस »

राजधानीकाे भृकुटीमण्डपमा आजदेखि छालाका जुत्ता चप्पल मेला सुरु

फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको व्यापारीक प्रदर्शनी सुरु भएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यापारीक प्रदर्शनीको उद्घाटन गरे। जुत्ता उद्योगी स्वयंले नै स्टल राखेका कारण प्रदर्शनीमा बजारमा भन्दा सस्तोदरमा जुत्ता पाइने आयोजकले दाबी गरेको छ। प्रदर्शनीको उद्घाटन गर्दै उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले भर्खरै कोरोनाको कहरबाट अर्थतन्त्र पूर्वपत् अवस्थामा फर्कदै गर्दा बैंक …

पुरा पढ्नुहॊस »

वित्तीय संस्थामा तरलताको अभाव देखिएपछि अर्थ मन्त्रालय छलफलमा

बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएपछि त्यसको समाधान गर्ने उद्देश्यले अर्थ मन्त्रालयले आज छलफल गरेको छ। बैंक तथा वित्तीय संस्थामा निक्षेप खोसाखोस हुन थालेको तथा नयाँ लगानी गर्न नसक्ने अवस्था पुगेको छ। नेपाल राष्ट्र बैंकले ट्रेजरी, रिपोमार्फत तरलता दिए पनि समस्या समाधान हुन सकेको छैन। बैंकहरुले अन्तर बैंक सापटीमा कारोबार चलाए पनि प्रणालीमा निक्षेप थपिएको छैन। शुक्रबार मात्रै बैंकहरुले २४ अर्ब बराबरको रकम राष्ट्र बैंकसँग सापटी लिएर चलाएका छन्। …

पुरा पढ्नुहॊस »

निजी क्षेत्र विकास र आर्थिक वृद्धिको मुख्य इन्जिन होः वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको समस्या तत्काल समाधन गर्नुपर्ने बताएका छन्। शुक्रबार भक्तपुर उद्योग वाणिज्य संघको ३४औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ को महामारीबाट थला परेको व्यवसायिक क्षेत्र विस्तारै सुधार हुने अवस्थामा रहेको हुँदा अहिले बजारमा देखिएको तरलताको समस्या समाधानको लागि तत्काल पहल लिन नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकलाई आग्रहसमेत गरे। “विगत दुई वर्षभन्दा लामो …

पुरा पढ्नुहॊस »

टिकटक स्टार नेपाल रियालिटी सो’ हुँदै, विजेतालाई कार

काठमाडाैँ । टिकटकमा आधारित टेलिभिजन रियालिटी सो सञ्चालन गरिने भएको छ । शिखर नेपालले ‘शिखर टिकटक स्टार नेपाल रियालिटी सो २०७८’ सञ्चालन गर्ने भएको हो । काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त प्रतियोगिता सञ्चालन गरिने जानकारी दिइएको हो । टिकटकलाई पनि कला क्षेत्रमा राम्रा प्रतिभा उत्पादन गर्ने प्लेटफर्म बनाउने अपेक्षासहित कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजक शिखर नेपालका अध्यक्ष शेखर खनालले जानकारी दिए । उनका अनुसार उक्त प्रतियोगिता नाइस टेलिभिजन एचडीबाट प्रसारण …

पुरा पढ्नुहॊस »

सुनको मूल्य ४ सयले बढ्याे

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज ४ सयले बढेकाे हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको थियाे। यस्तै बुधबार चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएकोमा बिहीबार भने १३ सयले बढेकाे थियाे। बिहीबार ९४ हजारमा काराेबार भएकाे सुन आज ९४ हजार ४ सयमा काराेबार भइरहेकाे छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ …

पुरा पढ्नुहॊस »