५ खर्ब ४० अर्ब रेमिट्यान्स नेपाल भित्रियो, ४.९ प्रतिशतले गिरावटः राष्ट्र बैंक

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा नेपाल भित्रिने रेमिट्यान्स ४.९ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्म सात महिनाको अवधिमा विभिन्न देशबाट ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १०.९ प्रतिशतले बढेको थियो ।

पछिल्लो सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख १०२ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८५.४ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या बितेको सात महिनामा २६५.९ प्रतिशतले वृद्धि भई १ लाख ५२ हजार ३२५ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७३.१ प्रतिशतले घटेको थियो ।

चालु आर्थिक वर्षको कूल खर्च ५ खर्ब ९१ अर्ब मात्र

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा सरकारले पुँजीगत खर्च गर्न नसकेको पाइएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको नयाँ तथ्याङ्क अनुसार गत साउनदेखि माघ महिनासम्ममा संघीय सरकारले कूल ५ खर्ब ९१ अर्ब २ करोड रुपैयाँ खर्च गरेको छ।

सरकारले खर्च गरेको रकममध्ये चालु खर्चतर्फ ४ खर्ब ७५ अर्ब ६२ करोड रुपैयाँ, पुँजीगत खर्चतर्फ ६० अर्ब ७९ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गतको खर्चतर्फ ५४ अर्ब ६१ करोड रुपैयाँ रहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

असार २७ गतेदेखि राष्ट्र निर्माणमा युवाको भूमिकाबारे सेमिनार हुँदै

काठमाडौं । युवाले राष्ट्र निर्माणमा सबै भन्दा महत्वपूर्ण भूमिका युवाले खेल्न सक्ने आवश्यकतालाई औल्याउँदै युवा …

प्रतिकृया दिनुहॊस