आर्थिक

१४ दशमलव २६ अंकले घट्यो नेप्से परिसूचक

साताको तेस्रो दिन मंगलबार (आज) पनि शेयर बजार घटेको छ । यो साता कारोबार भएको दिनदेखि नै निरन्तर ओरालो लागेको बजार आज १४ दशमलव २६ अंकले घटेर २ हजार ५२७ दशमलव ५८ विन्दुमा झरेको हो। मंगलबार २२५ वटा धितोपत्रको ३८ लाख ९० हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ७५ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। त्यस्तै, १३ …

पुरा पढ्नुहॊस »

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको १३ सयले घटेर तोलाको ९९ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि, सोमबार सुन तोलाको एक लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य ९८ हजार ७ सय रहेको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १० …

पुरा पढ्नुहॊस »

दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जिव झा

काठमाडौँ । सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धक नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कृषि मन्त्रालयको प्रस्तावमा सञ्जीव झालाई संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्त गरेको हो । पुसमा तत्कालीन महाप्रबन्धक रुद्र पौडेलको कार्यकाल सकिए पछि कृषि मन्त्रालयले माघ १० गते खुला प्रतिस्पर्धाबाट नयाँ नियुक्तिको प्रक्रिया अघि बढाएको थियो । झा यसअघि पनि दुग्ध विकास संस्थानमै कार्यरत थिए ।

पुरा पढ्नुहॊस »

तिलोत्तमामा बन्यो साढे ११ करोडको भ्यू टावर

काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ स्थित वनवाटिकामा बहुउद्देश्यीय भ्यु टावर निर्माण गरिएको छ । नगरपालिकाले साढे ११ करोड रुपैयाँ खर्चेर १ सय ३४ फिट उचाइको १० तले भ्यू टावर निर्माण गरेको हो । तिलोत्तमा नगरपालिका र शकरनगर बन विहारको संयुक्त लगानीमा निर्माण भएको भ्यु टावर आर्थिक वर्ष २०७३/०७४ मा ठेक्का सम्झौता भएको थियो । ०७२ सालको भूकम्पमा ढलेको काठमाडौँको धरहरापछिको दोस्रो अग्लो र सुविधासम्पन्न भनिएको टावरको भुईँ तला ३५ सय …

पुरा पढ्नुहॊस »

“डान्सिङ स्टार्स नेपाल” को एक मात्र भोटिङ पार्टनर ‘खल्ती’

१२ जना अनुभवी कोरियोग्राफरहरूको साथमा विभिन्न क्षेत्रका १२ सेलिब्रेटी प्रतियोगीहरू रहेको “डान्सिङ स्टार्स नेपाल” को एक मात्र भोटिङ पार्टनरको रुपमा नेपालको प्रचलित भुक्तानी सेवा प्रदायक ‘खल्ती डिजिटल वालेट’ले साझेदारी गरेको छ। यो प्रतियोगिता १२ चैतदेखि हिमालय टिभी एचडीमा हरेक शनिबार राति ८:०० बजेबाट प्रसारण भएको छ। यसमा नेपाली चलचित्र क्षेत्रका प्रख्यात कलाकार दिलीप रायमाझी, रेनिशा राई र गौरी मल्ल जजहरुको रुपमा रहेका छन्। भोटिङ लाइन आगामी शुक्रबार अर्थात चैत १८ …

पुरा पढ्नुहॊस »

शेयर बजारः २९.९८ अङ्कले घट्याे नेप्से

शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पनि दोहोरो अङ्कले घटेको छ। आइतबार ४१ अङ्कले घटेको नेप्से आज सोमबार २९.९८ अङ्कले घट्दै २५४२.२८ बिन्दुमा आइपुगेको हो । सोमबार नेप्सेका १३ वटै उपसूचकमा गिरावट देखिएको छ। व्यापार समूह सबैभन्दा बढी २.४६ अङ्कले घटेको छ। यस्तै, फाइनान्स समूह २.३६ प्रतिशतले घटेको छ। जीवन बीमा समूह पनि २.३१ प्रतिशतले घटेको छ। बजार घटे पनि आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिशतका हिसाबले …

पुरा पढ्नुहॊस »

चार सय रुपैयाँले घट्याे सुनको मूल्य

सुनको भाउ सोमबार चार सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो। साेमबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ २० रुपैयाँले घटेको छ। आइतबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी साेमबार एक हजार तीन सय ८० …

पुरा पढ्नुहॊस »

वीरेन्द्रनगरमा पिउने पानीको मूल्य बढ्यो

काठमाडाैं । सुर्खेतको वीरेन्द्रनगरमा प्रशोधित शुद्ध पिउने पानीको मूल्य बढेको छ । प्रशोधित पिउने पानी उत्पादकहरूको आइतबार बसेको बैठकले यही १५ गतेदेखि लागु हुनेगरी पिउने पानीको मूल्य बढाउने निर्णय गरेको हो । कर्णाली प्रदेश वाटर एण्ड वेभरेज प्रालिका सञ्चालक अभिनाश थानीका अनुसार जार पानी फुटकरमा प्रति जार ४५०, होलसेलमा ४००, प्रति डिस्पेन्सर ४०० कायम गरिएको छ । यस्तै, जार पानी फुटकर ७५ र होलसेललाई ६० तथा एक लिटर बोतल पानीको …

पुरा पढ्नुहॊस »

आज सुनचाँदीको मूल्य कति पुग्यो ?

काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य शुक्रबारको तुलनामा स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ । गत साताको अन्तिम दिन शुक्रबार पनि सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबी सुनको मूल्य तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर छ …

पुरा पढ्नुहॊस »

विमानस्थलको प्रतीक्षालयमा शुल्क तिर्नुपर्ने नियमको चर्को विरोध

काठमाडौं । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त व्यवस्थापनका कारण सधैँ आलोचित हुँदै आएको छ । यी आलोचना तथा गुनासाहरूको सम्बोधन गर्नुको साटो अब भने विमानस्थलको प्रतीक्षालयमा आफन्त कुर्दा शुल्क तिर्नुपर्ने बनाइएको छ । व्यवस्थापनको जिम्मा ‘आईएमएस एयरपोर्ट सर्भिस’लाई जिम्मा लगाएपछि त्यहाँ जाने यात्रुका आफन्त तथा साथीभाइहरूले शुल्क तिर्नुपर्ने भएको हो । सरकारले सम्झौता नै गरेर ३० वर्षका लागि निर्माणसहित सञ्चालन व्यवस्थापन सम्पूर्ण जिम्मा सो सर्भिस कम्पनीलाई सुम्पेको …

पुरा पढ्नुहॊस »