आज सुनचाँदीको मूल्य कति पुग्यो ?

काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य शुक्रबारको तुलनामा स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ ।

गत साताको अन्तिम दिन शुक्रबार पनि सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजाबी सुनको मूल्य तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर छ । शुक्रबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही भाउमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लिट्मस इन्डस्ट्रिज र अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानी सम्झौता

काठमाडौं । नेपालमा विद्युतीयतार, केबल तथा कन्डक्टरको उत्पादक लिट्मस इन्डस्ट्रिज र नेपालको पहिलो घरेलु निजी …

प्रतिकृया दिनुहॊस