आज सुनचाँदीको मूल्य कति पुग्यो ?

काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य शुक्रबारको तुलनामा स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ ।

गत साताको अन्तिम दिन शुक्रबार पनि सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजाबी सुनको मूल्य तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर छ । शुक्रबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही भाउमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री