आर्थिक

कपास उद्योग आगलागीमा ४० लाख मूल्य बराबरको क्षति

चितवन । चितवनको भरतपुर महानगरपालिकास्थित हाकिमचोक नजिक रहेको सम्झना कोइरालाको कपास उद्योगमा आगलागीबाट रु ४० लाख मूल्य बराबरका क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकले ल्यायो नगद फिर्ता योजना, भिसा कार्डबाट सपिङ गर्दा १० प्रतिशत रकम

काठमाडौं । सिद्धार्थ बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा नगद फिर्ता (क्यास ब्याक) योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत् यस बैंकका भिसा कार्डका नयाँ ग्राहकहरुले आफ्नो भिसा डेबिट कार्ड एक्टिभेट गरेको १५ दिनभित्र उक्त कार्डबाट कारोबार गरेको खण्डमा उक्त पहिलो कारोबार अन्तर्गत् भएको कुल खरिद रकमको १५ % वा अधिकत्तम रु १ हजार रुपैयाँ सम्मको नगद आफ्नो खातामा फिर्ता पाउनेछन् । यसैगरी   भिसा कार्डको प्रयोग गरिरहेका बैंकका ग्राहकहरुले नेपालभित्र …

पुरा पढ्नुहॊस »

दाङको तुलसीपुरमा सेयर ब्रोकरको शाखा खुल्दै

काठमाडौं । सेयर ब्रोकर कम्पनी कालिका सेक्युरेटिजले निकट भविष्यमै दाङको तुलसीपुरमा  आफनो छिट्टै शाखा खोल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कालिकालाई शाखा खोल्नका लागि पूर्वाधार तयार गर्न भनेपछि उक्त कम्पनीले तुलसीपुरमा सेयर सचेतना कार्यक्रम सञ्चालनसमेत गरेको छ । ‘हामी चाँडैनै तुलसीपुरमा शाखा खोल्दैछौं,’ कालिका सेक्युरेटिजका प्रमुख नरेन्द्र सिँजापतिले भने, ‘हामीले यहाँ पूर्वाधार पनि तयार गरिसकेका छौं र लगानीकर्ता सचेतना कार्यक्रम पनि सञ्चालन गरेका छौं ।  कालिकाले यसअघि नेपालगञ्जमा पनि शाखा …

पुरा पढ्नुहॊस »

अरुण फाइनान्सको नाम परिवर्तन,हाथवे फाइनान्सको नामबाट कारोबार सुरु

काठमाडौं । अरुण फाइनान्स लिमिटेडले आफ्नो नाम फेरिएको छ ।अरुण फाइनान्स लिमिटेडले आफ्नो नाम परिवर्तन गरी हाथवे फाइनान्स लिमिटेडको नामबाट कारोबार सुरु गरेको छ । नेपाल राष्ट्र बैंकबाट ग वर्गको ईजाजत पत्रप्राप्तराष्ट्रिय स्तरको फाईनान्स “अरुण फाइनान्स लिमिटेड”को मिति २०७४ साल पौष २७ गते बिहीवार बसेको २१औँ बार्षिक साधारणसभाले नाम परिवर्तन गर्ने निर्णय पारित गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरको च.नं. ३२३५७ मितिः २०७४।११।३० को पत्र अनुसारको निर्णयबाट अरुण फाइनान्स लिमिटेडको नाममा …

पुरा पढ्नुहॊस »

आइएमई र मुथुत फाइनान्सद्वारा भारत–नेपाल रेमिट्यान्स सेवा शुरु

काठमाडौं । नेपालस्थित आइएमई लिमिटेड र भारतस्थित मुथुत फाइनान्सले चैत्र १ गतेदेखि भारत–नेपाल रेमिट्यान्स सेवा सुरु गरेका छन् । यस सेवाको प्रारम्भसँगै विभिन्न उद्देश्यले भारतमा रहँदै आएका लाखौँ नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपालमा पैसा पठाउन सक्ने भएका छन् । यसरी पठाएको रकम नेपालमा रहेका ७ हजार १ सयभन्दा बढी आइएमई एजेन्ट आउटलेटबाट सम्बन्धित व्यक्तिद्वारा सजिलै भुक्तानी लिन सकिनेछ । नगद भुक्तानी सेवाका अतिरिक्त सम्बन्धित व्यक्तिको बैंक …

पुरा पढ्नुहॊस »

जनता बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ ।सम्झौता पत्रमा  जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्री र प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौतापछि ग्राहकहरुले जनता बैंकको सबै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा उक्त इन्स्योरेन्सको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

सेञ्चुरी कमर्सियल बैंकको १० प्रतिशत लाभांश पारित

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको १० प्रतिशत लाभांश पारित भएको छ । बुधबार सम्पन्न बैंकको सातौं वार्षिक साधारणसभाले ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने कम्पनीकाे प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर दिने भएको छ । उक्त बोनस पश्चात् बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको ब्राण्ड एम्बेस्डरमा धुर्मुस सुन्तली

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो ब्राण्ड एम्बेस्डरका रुपमा सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल र धुर्मुस सुन्तली फाउन्डेशनका तर्फबाट सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले बुधबार एक समारोहमा दस्तखत गरे । उक्त सम्झौता पत्र दस्तखत कार्यक्रममा बैंकको सञ्चालक समितिका सदस्य, संस्थापक सेयरधनीहरु र विभागीय प्रमुखहरुको उपस्थिती रहेको थियो । नेपालका चर्चित कलाकार जोडी धुर्मुस …

पुरा पढ्नुहॊस »

सगुन र हिन्दुस्तान टाइम्सबीच ५० करोड लगानी गर्ने सम्झौता

सोसियल कमर्श प्लेटफर्म सगुनले भारतबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्सको भगिनी संस्था एच्‌टी ओभरसिज प्रालि (एच्‌टी सिंगापुरसँग) ५० लाख अमेरिकी डलर अर्थात् ५० करोड नेपाली रुपैयाँ लगानी सम्झौता गरेको घोषणा गरेको छ। एच्‌टी ओभरसिज प्रालि भारतको पुरानो तथा ठूलोमध्येको एक सञ्चार कम्पनी एच्‌टी मिडिया लिमिटेड (एच्‌टी मिडिया)को पूर्ण स्वामित्वमा रहेको कम्पनी हो। एच्‌टी सिंगापुरसँगको सम्झौताले सगुनलाई करीब ४६ करोड भारतीय इन्टरनेट प्रयोगकर्तामाझ हिन्दुस्तान टाइम्सका विभिन्न सञ्चार माध्यम मार्फत सहज पहुँच हुनेछ। …

पुरा पढ्नुहॊस »

एनएमबी र एनसीसी बैंकले एफपीओ र हकप्रद सेयर निष्कासन गर्न बाँकी

काठमाडौं ।अब दुई वाणिज्य बैंकले मात्र चुक्तापुँजी बढाउन सेयर निष्कासन गर्न बाँकी छ । एनएमबी बैंक र नेपाल क्रेडिट एन्ड कमर्श  बैंकले मात्र धितोपत्र बोर्डबाट सेयर निष्कासनका लागि अनुमति पाउन बाँकी छ ।   चुक्तापुँजी बढाउन एनएमबीले १ करोड १४ लाख १५ हजार १६३ कित्ता थप निष्कासन (एफपीओ) र एनसीसीले २ अर्ब ३३ करोड ९५ लाख रुपैयाँ बराबरको २ करोड ३३ लाख ९५ हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि बोर्डमा …

पुरा पढ्नुहॊस »