आर्थिक

सञ्चयकोषले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौँ । कर्मचारी सञ्चय कोषले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । कर्मचारी सञ्चय कोष पुल्चोक ललितपुर शाखाले कर्मचारी माग गरेको हो । सञ्चय कोषले नवौं तहदेखि कार्यालय सहायकसम्मका लागि आवेदन आह्वान गरेको छ । अनलाइनबाट २१ दिनभित्र आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक सातासम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

पुरा पढ्नुहॊस »

११ महिनामा नेपालको व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३९ करोड

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौँ । निर्यातको तुलनामा आयातको मात्रामा उल्लेख्य वृद्धि हुँदा मुलुकको व्यापार घाटा चुलिएको छ । नेपाल राष्ट्र बैंकले प्रतिनिधिसभाको अर्थ समितिमा पेश गरेको विवरणअनुसार चालु आवको ११ महिनामा कूल व्यापार घाटा रु १५ खर्ब ७७ अर्ब ३९ करोड बराबर पुगेको छ । यस अवधिमा कूल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भएको छ । यस आधारमा कूल वस्तु आयात रु १७ खर्ब ६३ अर्ब २२ करोड बराबर भएको छ । पछिल्ला केही …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै अमेरिकी एक डलरको खरिद दर १२६ रुपैयाँ ८१ पैसा र बिक्री दर १२७ रुपैयाँ ४१ पैसा रहेको छ । युरो एकको खरिद दर १२८ रुपैयाँ १४ पैसा र बिक्री दर १२८ …

पुरा पढ्नुहॊस »

११ महिनामा भित्रियो ९ खर्ब बढी रेमिट्यान्स

काठमाडौं । नेपाल भित्रने रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १२.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्स १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो …

पुरा पढ्नुहॊस »

दुई लघुवित्तले पाए आइपीओ जारी गर्ने अनुमति

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट दुई लघुवित्तले एकैदिन आइपीओ जारीको अनुमति पाएका छन् । बोर्डका अनुसार धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्कासनको अनुमति पाएका हुन् । बोर्डबाट २४ असारमा सार्वजनिक निष्कासन जारी गर्ने अनुमति पाएका यी संस्थाले १३ करोड ६ लाख रुपैयाँ बराबरको १३ लाख ६ हजार कित्ता आईपीओ जारी गर्नेछन् । धौलागिरी लघुवित्तले तीन करोड ३१ लाख रुपैयाँ बराबरको तीन लाख ३१ …

पुरा पढ्नुहॊस »

नेप्सेमा पहिरो : ७७ अंकले बजार घट्दा २ अर्ब ३२ करोडको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा भारी गिरावट आएको छ । यस दिन सेयर बजार परिसूचक ७७.०१ अंकले घटेर १९१५.६१ बिन्दुमा ओर्लिएको छ । यस दिन ठूला सूचिकृत कम्पनीको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ इन्डेक्स समेत १३.०१ अंकले घटेर ३६६.८६ अंकमा पुगेको हो । यस दिन २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता सेयर २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँमा कारोबार भएको …

पुरा पढ्नुहॊस »

महावीर पुनलाई गण्डकी रत्न, अनुसन्धानका लागि १० करोड विनियाेजन

काठमाडाैं । गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो । त्यति बेला महावीर पुन मुलुक बाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उनलाई सम्मान प्रदान गरिएको हो । उक्त अवसरमा प्रदेश प्रमुख गुरुङले ग्रामीण …

पुरा पढ्नुहॊस »

सम्भावित आर्थिक संकट टार्न पुँजी र प्रविधि भित्र्याउन एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाललाई आर्थिक संकटबाट जोगाउनको लागि विदेशी लगानीका लागि आग्रह गरेका छन् । नेपालमा पनि कोरोनापछिको समयमा आर्थिक संकटका संकेतहरू देखा परिरहेकाले त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ युकेको वार्षिक साधारणसभाका अवसरमा लन्डनमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने–“विश्वमा देखिएको कोरोनाको प्रभावको आर्थिक मन्दी तथा संकटका बाछिटा नेपालमा पनि नदेखिएको भन्न …

पुरा पढ्नुहॊस »

आलोचनापछि नेताका आफन्तको नाममा छुट्याइएको बजेट फिर्ता

काठमाडाैँ । तीव्र आलोचनापछि गण्डकी प्रदेश सरकारले व्यक्तिको नाममा रहेको कोषका लागि विनियोजन गरिएको बजेट फिर्ता लिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका पिता गोवर्धन शर्मा स्मृति कोषलगायत विभिन्न व्यक्तिको नाममा रहेका ट्रस्ट, भवन निर्माण तथा पार्कलगायतका कार्यक्रम तथा बजेटका विषयमा तीव्र आलोचना भएपछि प्रदेश सरकार पछि हटेको हो । मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले आइतबार अबेर प्रेस विज्ञप्ति जारी गर्दै विवादित कार्यक्रम तथा बजेटका विषयमा नागरिकस्तरबाट असन्तुष्टि व्यक्त भएकामा …

पुरा पढ्नुहॊस »

साथीमार्टको टिकटक च्यालेन्ज : १ मिनेटमा ५० हजार रुपैयाँ जित्ने मौका

काठमाडौँ । नेपालकै ठूलो रिटेल चेन साथीमार्टले टिकटक च्यालेन्ज ल्याएको छ । ‘साथीमार्ट टिकटक च्यालेन्ज’ अन्तर्गत टिकटक प्रयोगकर्ताले १ मिनेटको भिडियो बनाई ५० हजार रुपैयाँ जित्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार साथीमार्टले ग्राहकलाई ‘सेयर एण्ड अर्न अनलिमिटेड’ अभियान अन्तर्गत ‘साथीमार्ट टिकटक च्यालेन्ज’ प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता अन्तर्गत ग्राहकले साथीमार्टको मोबाइल एप डाउनलोड गरी अकाउन्ट रजिस्टर र मोबाइल भेरिफिकेसन गर्दा ७५ रुपैयाँ साथी क्यास पाउने व्यवस्था गरिएको …

पुरा पढ्नुहॊस »