आर्थिक

आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सम्मानित

नेपाल व्यवस्थापन संघद्वारा चैत्र २६ गते होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलाई Outstanding Management Award 2022 बाट सम्मानित गरेको छ । उक्त कार्यक्रममा सहभागी भई कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपाल व्यवस्थापन संघलाई उक्त अवसरमा धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आआफ्नो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान …

पुरा पढ्नुहॊस »

स्मार्ट च्वाईस टेक्नोलोजिज र स्माटकार्ड नेपालबीच सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र स्मार्टकार्ड नेपालवीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ । काठमाडौँमा सोमबार आयोजित विशेष कार्यक्रमकावीच स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र स्माटकार्ड नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले स्मार्ट क्यूआर सेवा सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात माई पे वालेट प्रयोगकर्ताले …

पुरा पढ्नुहॊस »

शेयर बजारः ३४ अंकले घट्याे नेप्से

मंगलबार (आज) पनि शेयर बजारमा उच्च अंकको गिरावट भएको छ। साताको दोस्रो कारोबार दिन सोमबार ४४ दशमलव ६४ अंकले घटेको बजार आज पनि ३४ दशमलव ७८ अंकले गिरावट आएर २ हजार ३८५ दशमलव शून्य २ विन्दुमा झरेको हो । मंगलबार २२७ वटा धितोपत्रको ३७ लाख ८३ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक …

पुरा पढ्नुहॊस »

मेलम्चीको पानी सुरूङमा खसालियो

मेलम्ची नदीको पानी पुनः पथान्तरण गरिएको छ। खानेपानी मन्त्री उमाकान्त चौधरीले आज १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरि ३८ नं को गेट खोलेर उद्घाटन गरे। गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो। सरकारले चैत मसान्तभित्र पानी काठमाडौँ पुर्याउने घोषणा गरेको थियो। पानी पठाउन आज सुरु गरिए पनि काठमाडौँमा पानी उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने बताइएको छ। गत वर्ष चैत १७ गतेदेखि राजधानीमा …

पुरा पढ्नुहॊस »

मुलुकको अर्थतन्त्र श्रीलंकाको अवस्थामा पुगेको छैन : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्र सहकार्य गरेर नेपाललाई श्रीलंका नभएर समृद्ध नेपाल बनाउनु पर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५६ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन्। मुलुकको अर्थतन्त्र बाहिर प्रचार भए जस्तो श्रीलंकाको जस्तै अवस्थामा नपुगेको वरिष्ठ उपाध्यक्ष ढकालको भनाइ थियो । उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नका लागि हामीसँग धेरै सम्भावना र उपायहरु रहेकाले सरकारले समाधान गर्ने तिर …

पुरा पढ्नुहॊस »

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ८ सयले बढेर तोलाको एक लाख ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख एक सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन तोलाको एक लाख ४ सयमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले …

पुरा पढ्नुहॊस »

बलेफी हाइड्रोको शेयर बाँडफाँट

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौँ । बलेफी हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको शेयर बाँडफाँट भएको छ । आज शुक्रबार विहान कम्पनीको शेयर निकाशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलको कार्यालयमा शेयर बाँडफाँट भएको हो । आईपीओमा २१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड ४४ लाख ७४० कित्ताको लागि आवेदन दिएका थिए । त्यसमध्ये ३ हजार ६४० जनाको आवेदन रद्द भएका छन् । त्यस अनुसार २१ लाख ६८ हजार १०० जनाको …

पुरा पढ्नुहॊस »

देशमा विदेशी मुद्राको सञ्चिति कति छ ?

अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त रहेको बताएका छन् । अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले मुद्राको सञ्चिति करिब सात महिनाका लागि प्रयाप्त रहेको बताएका हुन्। असार मसान्त २०७८ सम्म १३९९ अर्ब ३ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कम भई फागुन मसान्त २०७८ सम्म ११७१ रुपैयाँ कायम भएको बताइएको छ ।  

पुरा पढ्नुहॊस »

स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटलको सहभागिता

वीरगञ्जमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटलले पनि सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले उक्त कार्यक्रममा पनि सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवामार्फत् नविनतम् योजना र सोचहरुलाई व्यवसायिक पूर्णता दिने उद्देश्य राखेको बताएको छ । चैत्र १८ बाट लिभिङ विथ आइसीटीले सातै प्रदेशमा ईबीमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना आरम्भ गरेको थियो …

पुरा पढ्नुहॊस »

२७औँ ‘क्यान इन्फोटेक’ वैशाख ७ गतेदेखि हुने

सूचना प्रविधिसम्बन्धी अध्ययन एवं कार्य गरिरहेका विद्यार्थीको क्षमता विकास गर्ने उद्देश्यले आयोजित २७औँ ‘क्यान इन्फोटेक’ प्रदर्शनी आगामी वैशाख ७ गतेदेखि सुरु हुने भएको छ। क्यान महासङ्घद्वारा आयोजना हुने प्रदर्शनी काठमाडौँको भृकुटी मण्डपमा वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा व्यवसायीहरुले व्यापार विस्तारका साथै नयाँ नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधि र उपकरणको अवलोकन तथा खरिद …

पुरा पढ्नुहॊस »