मेरो इमान्दारिता र ब्रान्ड ध्वस्त भयो : सुरजसिंह ठकुरी

काठमाडौं । कान्तिपुर टेलिभिजनमा प्रसारण हुने ‘इट्स माइ शो’मा प्रसारण भएको पछिल्लो एपिसोड विवादमा तानिएको छ । कार्यक्रम प्रस्तोताले शोमा गेस्ट बोलाएर अन्य व्यक्तिको प्रतिष्ठामा आँच आउने विषयमा कुराकानी गरेको भन्दै यो शो विवादमा तानिएको हो ।

हाल ‘इट्स माइ शो’ ओसिन सिटौलाले सञ्चालन गरिरहेकी छन् । उनले गरेको पहिलो एपिसोड नै विवादमा तानिएपछि ‘इट्स माइ शो’का पूर्व प्रस्तोता तथा निर्माता सुरज सिंह ठकुरीले उक्त कार्यक्रम र प्रस्तोता सिटौलामाथि टिप्पणी गरेका छन् ।

‘मैले निर्वाह गरेको इमान्दारी र ब्रान्ड ध्वस्त भयो,’ सुरजले सामाजिक सञ्जालमा लेखेका छन् । साथै उनले आफूलाई दर्शकहरूले वर्षौंदेखि देखाएको माया र साथका लागि आभार व्यक्त गरेका छन् ।

उनले अबका दिनमा अझै रमाइलोका साथै गर्व गर्न लायक सामग्री ल्याउने प्रतिबद्धता समेत उनले जनाएका छन् । यसका साथै उनले कान्तिपुर टिभी र ‘इट्स माइ शो’सँग हाल आफ्नो कुनै संलग्नता नरहेको पनि स्पष्ट पारेका छन् ।

‘भर्खरै कान्तिपुर टिभीमा सुरजसिंह ठकुरीसँग इट्स माइ शोको सम्बन्धलाई लिएर केही अन्योल भएको छ । म स्पष्ट गर्न चाहन्छु– म अब कुनै पनि हैसियतमा शोमा आबद्ध छैन, या त होस्ट वा प्रमुख कार्यकारी निर्माताको रूपमा’, उनले लेखेका छन् ।

यति बेला कार्यक्रमकी प्रस्तोता सिटौला र गेस्ट बनेर पुगेका अभिनेत्रीद्वयः स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको चौतर्फी विरोध भइरहेको छ । कार्यक्रममा उठाइएको विषयवस्तुलाई लिएर उनीहरूको चर्को आलोचना भइरहेको छ ।

सुरजले इस्टामा लेखेको प्रतिक्रिया:-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘लाज शरणम्’ मा धुर्मुस

काठमाडौं । झण्डै पाँच वर्षपछि हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ फिल्ममा फर्किएका छन् । कुमार …

प्रतिकृया दिनुहॊस