यूनाइटेड अजोडको हकप्रद सेयर निष्काशन सम्झौता

काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्काशन गर्न सम्झौता भएको छ ।

कम्पनीको विशेष साधारण सभाबाट पारित निर्णय बमोजिम हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटललाई नियुक्त गरिएको हो ।

जसअनुसार असार ११ गते सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल तथा लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ …

प्रतिकृया दिनुहॊस