मनास्लु स्कुलले सुरू गर्‍यो शिक्षालाई उद्यमशीलता र रोजगारीसँग जोडने थ्रिई कार्यक्रम

काठमाडौं । मनास्लु स्कूलले कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि शिक्षा, उद्यमशीलता र रोजगारीलाई एकीकृत गर्ने उद्देश्यले थ्रिई कार्यक्रम सुरू गरेको छ।

स्कूलको सभाकक्षमा आयोजित यो कार्यक्रममा ७०० जना एसईई दिएर बसेका विद्यार्थी उपस्थित थिए। कार्यक्रममा युवा स्टार्ट–अपहरू र आईसीटी पहलहरूको प्रदर्शनी गरिएको थियो। यसले विद्यार्थीहरूको उद्यमशीलता भावना र नवीन परियोजनाहरूको प्रदर्शन गरेको विद्यालयले जनाएको छ।

कार्यक्रममा स्कुलका विद्यार्थीहरूको मनोरञ्जनात्मक कार्यक्रम र फ्रिक स्ट्रिट ब्यान्डको प्रस्तुतिसहितको मनोरञ्जन सत्र समेत आयोजना गरिएको थियो। मनास्लु स्कूलको थ्रिई कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक राजन विक्रम थापा विशेष अतिथि थिए।

कार्यक्रमले माध्यमिक शिक्षालाई पुनः परिभाषित गर्दै, विद्यार्थीहरूलाई उच्च शिक्षा र रोजगारी बजारका लागि आवश्यक सीपहरू प्रदान गर्ने विद्यालयले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री